गर्मीमा कडा घाम तथा तातो हावाले गर्दा छाला मात्र होइन हाम्रो आँखामा पनि प्रभाव पार्छ । गर्मी तथा तातो हावा आँखाका लागि एकदमै हानिकारक हुन्छ । त्यसैले जानौं गर्मीमा आँखाको स्याहार गर्ने तरिकाबारे । हाइड्रेट रहने गर्मीमा शरीरलाई हाइड्रेट राख्नु आँखाका लागि पनि आवश्यक हुन्छ । यसले आँखामा भित्रैदेखि आद्रता बनाइरहन्छ । घाममा नजाने एकदमै तेज सूर्यको किरण आइरहेको बेला बाहिर निस्कनबाट बच्नुपर्छ । निस्कनै पर्ने बाध्यता भए आँखामा कालो चस्मा लगाएर मात्र निस्कनु पर्छ । यसले आँखामा सिधा चर्को घाम पर्दैन । आँखालाई नछुने कुनै पनि मौसममा आँखालाई पटक-पटक छुनु हुँदैन । यसले आँखामा संक्रमण हुने खतरा रहन्छ ।…
Aricle Tech
बैतडी : बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा आँखा शिविर लाग्ने भएको छ । पुर्चौडीको हाट स्वास्थ्य चौकीमा शिविर लाग्ने भएको हो । नगरपालिका र च्यारेटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा लाग्ने आँखा शिविर बैशाख २२, २३ र २४ गते लाग्ने नगरपालिकाले जनाएको छ । तीन दिनसम्म चल्ने आँखा शिविरमा आँखाको बिरामीहरूको नि:शुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ । आँखा शिविरमा मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको नि:शुल्क औषधी तथा कालो चस्मा वितरण गरिनेछ ।
कञ्चनपुर : रक्तसञ्चार केन्द्र धनगढीले कञ्चनपुरको पुनर्वासका स्थानीयलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । यस्तो व्यवस्था गरिएपछि नियमित रुपमा रगत चढाउनुपर्ने बिरामीलाई राहत पुगेको हो । पुनर्वास नगरपालिकाले आफ्ना नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र धनगढीसँग सम्झौता नै गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षदेखि धनगढीस्थित अस्पतालहरूमा उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको हो । पुनर्वास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बिरामीले चढाएको रगतको पैसा नगरपालिकाले तिर्ने सम्झौता भएको नगर प्रमुख तोयप्रसाद शर्माले बताए। ’धनगढी गएर उपचार गर्ने पुनर्वास नगरपालिकामा बसोबास गर्ने बिरामीलाई रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगतको व्यवस्था गरेका छौँ,’ उनले…
काठमाडाैं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडाैंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडाैंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडाैंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ’ अनुसार काठमाडाैंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ । ‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि…
काठमाडौं : काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी )मा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात भएको संघले जनाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’ संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार…
काठमाडौं : स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिन त्यहाँ रहेका मन्त्री यादवले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौती भएकाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएको तर्क गरे । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा मन्त्री यादवले संयुक्त राष्ट्रसंघको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक-आर्थिक विकासमा राष्ट्रसंघले गरेको योगदानको…
गोरखा : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ । घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य…
डडेलधुरा : जिल्लाका स्थानीय एग्रोभेटबाट म्याद सकिने मिति अथवा उत्पादन मिति र बिउ लगाउनेसम्बन्धी जानकारीबिनाका बिउहरू बिक्रीवितरण भइरहेकाे पाइएकाे छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि वस्तुको उत्पादन मिति, म्याद सकिने मिति र कुनै निश्चित समयभित्र उपभोग वा प्रयोग गरिसक्नुपर्ने जानकारी खुलाउनुपर्ने व्यवस्था रहेको छ । यहाँका एग्रोभेट पसलहरूले भने आफ्ना उत्पादनमा प्रस्ट देखिने मिति खुलाउने गरेका छैनन् । नेपाल सिड्स कम्पनीले उत्पादन गरेका बिउमा उत्पादन मिति, म्याद गुज्रिने मिति वा उत्पादन अवधि खुलाइएको छैन । कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायको संयुक्त अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनले व्यवस्थाविपरीत एग्रोभेटहरूले बिउसँगै विषादी र अन्डा एकै…
दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न शुरु गरिएको छ । प्रतिष्ठानका अनुसार एक हजार भन्दा बढी बिरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरिएको छ । प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ जना बिरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरिएको जानकारी दिए । प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजी (बायोप्सी) परीक्षणको सेवा शुरु भएको थियो । प्रतिष्ठानमा कार्यरत प्याथोलोजिष्ट डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैतसम्म ९ सय ५७ जना बिरामीले हिष्टो प्याथोलोजीको…
काठमाडाैं : ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किँदा कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । कुष्ठरोग अस्पतालमा अहिले ९३ जना कुष्ठरोगका बिरामी उपचाररत छन् ।

