

काठमाडाैं : ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किँदा कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।
आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ ।
कुष्ठरोग अस्पतालमा अहिले ९३ जना कुष्ठरोगका बिरामी उपचाररत छन् ।


