भारत- भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ । चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन् । एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ । भारतको पूर्वाञ्चलका विभिन्न जिल्लामा गरी २६ हजारमा एचआइभी पोजेटिभ रहेको पाइएको छ ।
Aricle Tech
काठमाडौं : अगामी जेठ १ गतेदेखि काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य बिमितको १ लाख वटा कार्ड जारी हुने भएका छन् । स्वास्थ्य बिमा गराएका काठमाडौँ महानगरभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने महानगरले जनाएको छ। जसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुने महानगरले जनाएको छ । बिमा गराउने कार्य नियमित चल्ने र कार्ड हरेक ३ महिनामा जारी हुने महानगरले बताएको छ ।
झापा : झापामा झाडापखाला कारणएक बालकको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा उमेश महतोको झाडापखालाका कारण मृत्यु भएको बताइएको छ । महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगन्ज अस्पताल लगिएको थियो । तर यहाँ उपचार हुन नसक्ने भएपछि दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भयो । बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका छन् ।समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले गौरीगन्ज अस्पतालमा तोडफोड समेत गरेका छन् ।
काठमाडौं : काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ। एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको…
काठमाडौं : कोरोनाकाे खोप कोभिशिल्डले गम्भीर खालको असर पनि गर्नसक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ । कोभिशिल्ड नामक कोरोना भ्याक्सिन निर्माण गर्ने एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा केही ‘साइड इफेक्ट’ हुन सक्ने स्वीकार गरेको द टेलिग्राफले लेखेको छ । त्यो खोप लिएका केही व्यक्तिमा रगत जम्ने (टीटीएस) सम्भावना हुनसक्ने कुरा कम्पनीले स्वीकार गरेको खबरमा बताइएकाे छ । उक्त खोपले रगत जम्ने गम्भीर र दुर्लभ जोखिम बढाउन सक्छ भन्ने कुरा अदालतका कागजातहरूमा पहिलो पटक स्वीकार गरिएकाे हाे । कोरोना महामारीका बेला विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन बनाएका थिए । तीमध्ये एक बेलायती–स्वीडिस बहुराष्ट्रिय औषधि कम्पनी एस्ट्राजेनेका पनि थियो ।…
झापा : झापामा अझै पनि हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला परेको जनाइएको छ । मङ्गलवार र बुधवार गरेर ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनु भएको छ । केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतनासहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण १३…
काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो । ८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइनेछ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्…
सिमकोट : हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् । सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा शर्माले…
सर्लाही : लातो हावा चल्न नरोकिएपछि सर्लाहीको हरिवन नगरपालिका क्षेत्रका विद्यालय बन्द भएका छन् । आगामी शनिबारसम्मका लागि पालिका क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आगामी आइतबारदेखि मात्रै पठन पाठन सुरु गर्न भनेको हो । अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ । शनिबार सर्लाहीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सीयस नाघेको थियो ।

