काठमाडाैं : नेपाल क्यान्सर अस्पतालमा ४७औं ‘क्यान्सर सर्भाइभर मिट’ सम्पन्न भएको छ । क्यान्सरबाट देहान्त भएका रिजेन प्रशाचेनको सम्झनामा नेपाल क्यान्सर अस्पताल र उपचारका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा क्यान्सर पीडितहरुको सहभागितामा हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका पीडितहरुलाई सहयोग गर्ने तथा उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्य बोकेको क्यान्सर अस्पतालकी बिजनेश डेभलोपमेन्ट तथा मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी दिइन् ।
कार्यक्रमको उद्देश्य अनुसार उपचारका लागि सहयोगी हातहरु नामक संस्थामार्फत रिजेन प्रशाचेनका आमाबुवाले जमुना मर्हजनलाई २५ हजार र चन्द्रलाल श्रेष्ठलाई १० सहयोग गरिएकाे थियो ।
कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष स्वरुपराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । यस्तै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ र बोर्ड डाइरेक्टर सञ्जय श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।