

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा केही दिनयता डेंगु, मलेरिया लगायतको संक्रमण देखापर्न थालेपछि विषादी र ट्यांकी वितरण गरिएको छ ।
डेंगु र मलेरिया नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले महानगरका वडाहरुमा विषादी र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको छ ।
सोमबार पहिलो चरणमा कार्यालयले वीरगन्ज महानगरका सहरी भेगका १६ वटा वडा (१ देखि १६) का लागि १३ लाख रुपैयाँ मूल्यको लामखुट्टे मार्ने बायोडाट नामक विषादी र उक्त विषादी छर्कने स्प्रे ट्यांकी १६ थान वितरण गरेको हो ।



