काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतञ्जलि योग समितिले मंगलबार ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रङ्गशालामा योग विज्ञान शिविर सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, पतञ्जलि योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।