Aricle Tech

बागमती : बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा तीन जनामा डेंगु पुष्टि भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म काठमाडौँमा तीन हजार १७१‚ चितवनमा एक हजार ७६८‚ ललितपुरमा एक हजार ४५८‚…

विस्तृतमा...

काठमाडौं : सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन्। नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।

विस्तृतमा...

तनहुँ : जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पु¥याउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । उनले भने, “आर्थिक वर्ष २०८०÷८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।” वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको…

विस्तृतमा...

काठमाडौँ : बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जोखिम पनि थियो । अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए। ‘सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगन्ज…

विस्तृतमा...

म्याग्दी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए । सो भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजार २५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा ६९ लाख ५६ हजार ८७६ मा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो । पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो…

विस्तृतमा...

कैलाली : कैलालीमा स्वास्थ्यकर्मीले महिनौँ देखि तलब पाउन सकेका छैनन् । कैलालीको जानकी गाउँपालिकामा ९ महिना, गोदावरी नगरपालिकामा ८ महिना, गौरीगंगा नगरपालिकामा ५ महिना र धनगढी उपमहानगरपालिकामा ३ महिना देखि स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन । लामो समय देखि तलब नपाउँदा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल घट्नुका साथै केही स्थानमा आन्दोलनका कार्यक्रम पनि सुरु भएका छन् । ९ महिना देखि तलब नपाएपछि जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । गाउँपालिका भित्र कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन । आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीले बिहीबार देखि हातमा कालो पट्टी…

विस्तृतमा...

कास्की : कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । उनका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । “एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत…

विस्तृतमा...

झापा : मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र रहँदै…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले अर्थ मन्त्रालयसँग ओएनएम गर्न निर्णय गर्दै ९२ हजार कर्मचारीको माग गरिएको बताएका हुन् । अर्थ मन्त्रालयको सहमतीपछि कर्मचारी भर्ना प्रक्रिया अगाडि उनले बढाउने बताए । अहिले स्वास्थ्य संस्थाले आवश्यकताका आधारमा करारमा कर्मचारी भर्ना गरिरहेको भन्दै त्यसमा बदमासी भए कारबाही गर्ने बताए ।

विस्तृतमा...

काठमाडौं : काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो । मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भइ सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याचरलट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा…

विस्तृतमा...