काठमाडौं : सन् २०२४ मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता जुलाई ३ सम्म देशभर एक हजार ४३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सयभन्दा कम थियो । जुलाईका तीन दिनमा मात्रै २३ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १५९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ८३, मकवानपुरमा ६५…
Aricle Tech
एजेन्सी : भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ । खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन् । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् । भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटिएको जनाएको छ । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता…
हेटौंडा : मकवानपुरमा जंगली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको बालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका सात जना विरामी परेका हुन् । बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङ्तान र उनीहरुका ७ वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । यस्तै बुद्धि बहादुरको दाइ बुद्ध स्याङतानका छोरीहरु १९ वर्षीया लक्ष्मी…
काठमाडाैं : भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ । जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन् । जसमध्ये २ जना गर्भवती छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा ६ जना, अहमदनगर र कोल्हापुरमा एक–एक जनामा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरूको परीक्षण गर्दा ८ जनामा जिका भाइरस पुष्टि भएको हो । जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो। त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो। उनको १५ वर्षीया छोरीमा पनि जिका भाइरस पोजेटिभ देखिएको छ । पछिल्लो समय प्रायः जसो…
काठमाडौं : अर्थ मन्त्रालयले दीर्घरोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार रुपैयाँ पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले उपचार बापतको रकम माग गर्दै आएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । अब सो रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।
देइर एल–बालाह (प्यालेस्टिनी क्षेत्र) : विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट सहर’ मा एलवान र उहाँका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन । “मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी…
रौतहट : ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् । गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिाहपुर तर्फ जाँदैगरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेकजाँच गर्दा दुवैजना भारतीयले सिट मुनी लुकाईरखेको प्रतिबन्धित नोरफिन ईन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इंजेक्शन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु ईन्जेक्सन बरामद गरिएको…
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकामा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । नगरपालिकाका अनुसार कोहलपुरमा उपचार पूरा गर्ने दर ९४.९ प्रतिशत छ भने नयाँ बिरामी पत्ता लगाउने दर प्रति लाखमा १६३ जना पाइएको र मृत्युदर भने १.९ छ । कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेका अनुसार चालु आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधी सेवन गरिरहेका छन् । तीमध्ये एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने २२ जना बिरामीलाई नियमित पोषण सामग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ । क्षयरोग संक्रमण…
नेपालगन्ज : भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो । जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । पछिल्लो सयम जङ्गली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जङ्गली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ । वर्षा ऋतुको आगमनसँगै जङ्गली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ । केन्द्रका अनुसार जङ्गली च्याउमा पकाउँदा पनि च्याउमा हुने विष कम हुँदैन ।

