पर्वत- लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए । अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए । स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि…
Aricle Tech
रौतहट- रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसँगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार एक सूचना जारी गर्दै राजापुर नगरपालिका-४ स्थित जोबैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलीहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक कामबाहेक कुनै व्यक्ति हिँडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण…
काठमाडौं, ६ असोज । दक्षिण एसियामा रहेका राष्ट्रहरुमध्ये नेपाल र बंगलादेशमा सँगै प्रजान्त्र स्थापना भएको थियो । बंगलादेशले अहिले विश्वसामू सामाजिक र औद्योगिक लगायतका विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । तर, नेपालले त्यसको तुलनामा केही पनि गर्न सकेको छैन । त्यसले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि उत्पादनको क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको छ । नेपालमा विस २०३६ कात्तिक १ मा औषधि व्यवस्था विभाग डीडीएको स्थापना भएको थियो । जसलाई २०४१ बाट स्वास्थ तथा जनसंङ्या मन्त्रालय अन्तर्गत ल्याइयो । नेपालले औषधि व्यवस्था ऐन २०२८ लागू गरेको छ । डीडीएले उत्पादनको दुरुपयोग रोक्ने, औषधिको प्रभावकारिता बढाउने, औषधि सम्बन्धी गलत जानकारीहरूलाई…
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए। गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।
काठमाडाैं- बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर व्यूरोका प्रहरी उनको निवास पुगेका छन् । पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले निगरानी बढाएपछि प्रसाईं बाहिर निस्किएका थिएनन् । त्यसैले साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा रहेकाे उनकाे घरमै पुगेको हो । संविधान दिवसको अघिल्लो दिन २ असोजमा पक्राउ पूर्जी जारी भएको थियो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका…
काठमाडौँ- नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौँमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरिएको हो । यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जन समेत माग गरेको छ । इच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन…
बेलबारी- मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७० देखि ८० युनिटसम्म मात्र सङ्कलन हुने गरेकाले माग धान्न नसकिएको बताए । यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारीलगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उनले जानकारी दिए । “विगतमा भन्दा बिरामीको सङ्ख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ ।…
कास्की- कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । “पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।” गतवर्ष पोखरा महानगरपालिकाका…
जुम्ला- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल काठमाडौँमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट भएका ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) का विद्यार्थीहरू शत्प्रतिशत उत्तीर्ण भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार परिषद्ले आजै देशैभरिका विद्यार्थीको नतिजा प्रकाशित गरेको थियो । “जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका देशैभरिका ५१८ विद्यार्थीहरू परीक्षामा सम्मिलित भएकामा २३१ जना (४४ दशमलव ५९ प्रतिशत) उत्तीर्ण भएका छन्”, उपकुलपति रावलले भने “यद्यपि जुम्ला प्रतिष्ठानबाट उक्त परीक्षामा सहभागी भएका १८ जना…
चितवन- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो । यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक…

