काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरूको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताइन् । उनले विगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला वर्षहरूमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताइन् । ‘नेपालको वर्तमान संविधानले महिलाको प्रजनन अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ‚’ उनले भनिन्‚ ‘संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो…
Aricle Tech
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस) प्रयोग नगर्न भनेको हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा प्रयोग गरे नगरेकोबारे प्रविधिमार्फत् चेकजाँच गर्न पनि मन्त्रालयको आदेश छ । मन्त्रालयले फेसबुक, म्यासेन्जर, एक्स लगायतका सामाजिक सञ्जाल भने कार्यालय प्रयोजनका निम्ति प्रयोग गर्न भनेको छ ।
बैतडी- बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन् । भदाै २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ । शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् । गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानको सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् । २० वर्ष…
भक्तपुर- मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताए । नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको रु २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेकाले दैनिक नौ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बीमा रकमकै कारण सेवा बन्द हुन अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उनले बताए । मेसु डा.रौशनले…
म्याग्दी- म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिइन् । उनका अनुसार आर्थिक वर्ष २०८०–८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले…
कास्की- माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गरेको छ । पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले गर्भवतीको नियमित स्वास्थ्य परीक्षणका साथै आवश्यक अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा १३ र गत आवमा चार जनामात्रै घरमा सुत्केरी भएका छन् । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउने उद्देश्यले ‘सुत्केरी चुलो’, जनचेतना अभिवृद्धिसहित विभिन्न अभिमुखीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष अधिकारीले बताए । ‘शून्य होम डेलिभरी पालिका…
काठमाडाैं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको जनाए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार…
काठमाडौं- देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ। हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । पछिल्लो समय डेंगुले विकराल रुप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ । डेंगुका धेरैजसो…
सुर्खेत- सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका –६ बस्ने मृतक १८ वर्षीया शर्मिला सुनारका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार प्रदेश अस्पतालमा पुगेकी थिइन् । डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासि सोमबार (आज) बिहान ४ बजे मृत्युको खबर दिएको आफन्तहरू बताउँछन् । मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको आफन्तहरूको भनाई छ । बिहानै देखि बाक्लो संख्यामा प्रदेश अस्पताल सुर्खेतमा सम्भावित घटना रोक्न प्रहरी परिचालन गरिएको छ । सुत्केरीका आफन्तहरूले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेर आन्दोलन गरेका छन्। आइतबार सुत्केरी बेथा लागेर…
वीरगञ्ज- जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका संख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनूमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्यामा न्यून देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या न्यून रहेको बताए । पर्सामा आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका मध्ये ३१ जनाले मात्रै औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन् । त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ जनाले ‘सर्जिकल’मार्फत गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमाथिका र १२ हप्तामाथिको मेडिकल औषधिमार्फत ५३१ जनाले…

