

काठमाडाैं- बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर व्यूरोका प्रहरी उनको निवास पुगेका छन् । पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले निगरानी बढाएपछि प्रसाईं बाहिर निस्किएका थिएनन् । त्यसैले साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा रहेकाे उनकाे घरमै पुगेको हो ।
संविधान दिवसको अघिल्लो दिन २ असोजमा पक्राउ पूर्जी जारी भएको थियो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।


