काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरूले फार्मेसी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा बुधबार नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर खड्काले फार्मेसीका समस्या समितिमार्फत सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चिकित्सकको सिफारिसविना फार्मेसिष्टले औषधी बेच्न नहुने भन्दै औषधि पसलमा अनुगमनको आवश्यकता रहेको बताए । ‘औषधि पसलमा फार्मेसी नपढेकाहरूले पनि औषधि बेच्ने गरेको जनगुनासो छ । औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले फार्मेसी पढेकाले मात्र औषधि बेच्न पाउने व्यवस्थालाई व्यवसायीले पालना गर्न आवश्यक छ,’ सभापति खड्काले…
Aricle Tech
काठमाडाैं- नेपाल क्यान्सर हस्पिटल फार्मेसी विभागले विश्व फार्मेसी दिवस मनाएको छ । ‘फार्मासिस्ट विश्वव्यापी स्वास्थ्य आवश्यकता’ भन्ने नारासहित विभागले दिवस मनाएको हो । हरेक वर्ष सेप्टेम्बर २५ तारीखका दिन यो दिवश मनाउने गरिन्छ । दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको अस्पतालले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी हस्पिटलका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले आफ्नो अनुपस्थितिमा शुभकामना संदेश पठाएका थिए । उनले सन्देशमार्फत फार्मेसी सम्पूर्ण चिकित्सा क्षेत्रको मुख्य आधार भएकोले सम्पूर्ण उपचार प्रणालीमा फार्मेसीको महत्वपूर्ण योगदान रहने बताएका थिए । यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेले हस्पिटलले ठूलो मात्रामा संवेदनशील औषधीको बिक्री वितरण गर्दै…
कञ्चनपुर – रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो । कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उनले उल्लेख गरे । “सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो”, भट्टले…
काठमाडौँ- नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा तारानाथ अर्याल सर्वसम्मतरूपमा निर्वाचित भएका भएका छन् । उनी नेपोलियन हेल्थ केयर सेन्टर प्रालिका सञ्चालक हुन् । मंगलबार भएको कार्यसमिति निर्वाचनमा अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएको संघले जनाएको छ । संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमर झा र कोषाध्यक्षमा रुनुका खड्का (सदीक्षा) निर्वाचित भएका छन् । यस्तै, कार्यसमितिको सदस्यहरूमा क्रमशः भरत सापकोटा, रमेश आचार्य, विष्णु माया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव निर्वाचित भएका छन् । संघले नवनिर्वाचित कार्यसमितिलाई मंगलबार नै पद तथा गोपनीयताको शपथ…
काठमाडौं- सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ । साँधुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउँछन् । “भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौँ” उनले भने, “सरकारसँग जग्गा माग गरिरहेको छौँ । तर पाएका छैनौं ।” उनले बिरामीलाई सस्तो र विशिष्टकृत…
विराटनगर- विराटनगरस्थित विराट मेडिकल कलेजले भारी संंख्यामा नर्सहरुको माग गरेको छ । एक सुचना जारी गदै कलेजले एक हजार नर्सका लागि रोजगारीको अवसर खुला गरेको हो। कलेजले अस्पतालमा नर्सहरुको संख्या कम भएको भन्दै एकैपटक एक हजारका लागि आवेदन माग गरेको छ ।
धनगढी- धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका–५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । उक्त औषधी र जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको वडा प्रहरीले जनाएको छ ।
बागलुङ– बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । डेङ्गु सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । डेङ्गुका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ । धौलागिरि…
काभ्रेपलाञ्चोक- बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।
-डा अमित झा मानिसमा घाँटी खसखसाउने, केही अड्केको जस्तो हुने, दुख्ने, आवाज परिवर्तन हुने जस्ता समस्या बढीरहेको छ । टन्सिल वा एलर्जीले गर्दा तथा भित्रको नसाको कारणले पनि यस्तो हुन्छ । यस्तो भएमा नाकबाट सानो पाइप छिराएर घाँटीमा के भएको छ भनि हेरेर पत्ता लगाइ औषधि प्रयोग गर्ने वा सर्जरी गर्ने भन्ने कुरा निश्चित गर्न सकिन्छ । बढी बोल्नुपर्ने व्यक्तिको आवाज आउने ठाउँमा स–साना गिर्खा हुन्छन्, । जसले समस्या निम्त्याउँछ । निरन्तर बोल्नुपर्ने व्यक्तिले समय-समयमा रोकिने र पानीले घाँटी भिजाउँदै बोल्नुपर्ने हुन्छ । घाँटीको एलर्जी समान्य कुरा भएता पनि सबै घाँटीको खसखस गर्ने कारण एलर्जी नहुन पनि सक्छ । कहिलेकाहीँ…

