Aricle Tech

गलकोट : बागलुङमा पहिलो पटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो । परजीवीले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । उक्त सङ्क्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छ भने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । “विभिन्न नयाँ तथा पुराना रोग तथा सङ्क्रमणहरुको खोजपडतालअन्तर्गत ढोरपाटनका…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको हो । यही असार १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते…

विस्तृतमा...

काठमाडौं : आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ र बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो। उजूरीको आधारमा हजरुन खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सोमबार ललितपुरको त्यागलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । प्रभात माध्यमिक विद्यालयको परिसरमा आयोजित स्वास्थ्य शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ४९ जनाको ईसीजी, ८९ जनाको ल्याब परीक्षण र ६२ जनाको भिडियो एक्सरे गरिएको थियो । २२ जनाको दाँत खोलिएको छ । २३ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

विस्तृतमा...

काठमाडौं : मेडिकल काउन्सिलको ऐन, नियम तथा पेशागत आचरण र आचार संहिता विपरीत केही चिकित्सकहरुले कन्सल्टेन्सी ब्यबसायमा शैक्षिक परामर्श गरी विद्यार्थीहरुलाई विदेश पठाउने कार्य गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । चिकित्सकको दर्ता लाईसेन्स विशुद्ध चिकित्सकीय पेशा गर्नलाई मात्रै प्रदान गरिने उजुरीकर्ताहरुको दाबी छ । उक्त विषय मेडिकल काउन्सिलको आचार संहिता उल्लङघनमा पनि समावेश गरिएको उजुरीमा उल्लेख छ । उजुरीकर्ताहरुले दर्तावाल चिकित्सकले आफ्नो नामलाई निहित स्वार्थका लागि सम्पूर्ण चिकित्सक पेशालाई वदनाम गर्ने उदेश्यले अर्कै फरक विषयको संस्था व्यवसाय पेशामा संलग्न रही विद्यार्थीहरुलाई विदेश पठाउने कार्य गरेको दाबी गरेका छन् । उजुरीकर्ताहरुले चिकित्सकिय पेशाको मर्यादाविपरीत त्यस्ता काममा संलग्नहरुलाई कारबाही…

विस्तृतमा...

कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालले बाढीमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले वर्षाले डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई अस्पतालले निःशुल्क उपचार गर्ने बताए । उनले स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

विस्तृतमा...

काठमाडाैं : नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी सरकारी सेवामा आवद्ध रहेको अरोपमा मधेस प्रदेशको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरी (जलेश्वर)मा आठौं तहमा कार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जलेश्वरमा आठौं तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा कार्यरत साहले सेवा प्रवेश गर्दा पेश गरेका योग्यताका प्रमाणपत्रमध्ये बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि प्रतिवादीविरूद्ध मुद्दा दायर गरिएको बताए ।

विस्तृतमा...

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यालयले आर्थिक बर्ष २०७५।०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ…

विस्तृतमा...

बाँके : स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउने बित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं : चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको आवेदन दिएका दुई हजार विद्यार्थीको राष्ट्रिय परिचयपत्र नम्बर गलत भएको पाइएको छ । प्रमाणीकरण नगरी राष्ट्रिय परिचयपत्र नम्बर वितरण हुँदा समस्या आएको बताइएकाे छ । आयोगले गत २८ जेठमा आवेदन खुलाउँदै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । तर फाराम भर्ने समय छोटो भएकाले आवेदन दिने विद्यार्थीकाे राष्ट्रिय परिचयपत्र नम्बर जथाभावी राखेको पाइएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकाल बताए । उनका अनुसार आवेदन दिएका ११ हजारमध्ये दुई हजार जनाको जथाभावी तरिकाले परिचय पत्र नम्बर राखिएको छ । अब सबैको प्रमाणीकरण गरेर सच्याउने उनले बताए ।

विस्तृतमा...