Aricle Tech

बैतडी : घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित जिल्लाको दशरथचन्द नगरपालिकाभित्र ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ । ‘उपप्रमुखको कोसेली’ सुत्केरी आमाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने, ‘सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका विषयमा परिवारका सदस्यलाई जागरूक गराउने उद्देश्यसहित ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । ‘आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सुत्केरी आमालाई कोसेली प्रदान गरिरहेका…

विस्तृतमा...

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो । पहिरोले २ वटा गाडी बगाउँदा यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो ।  पहिरोमा परेको बसमा उपचारका लागि काठमाडौं जाँदै गरेका रघुनाथपुरका सलिम मिया र उनकी पत्नी जैनब खातुन पनि परेका छन् । उनीहरु मुटुको रोगको उपचारका लागि घरबाट करिब ५ लाख नगदसमेत लिएर गएको बुझिएको छ । त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार उनीहरुले काठमाडौंको गंगालाल अस्पतालमा उपचारका लागि हिँडेका उनीहरुले उपचारका लागि घरबाट ४ लाख ९६ हजार…

विस्तृतमा...

धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिका ७ गैरीटोलमा विषाक्त जंगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा स्थानीय एकै परिवारका रहेको प्रहरीले जनाएको छ । जसमा ६३ वर्षीया इन्द्रकमला राई, ५५ की दिलमाया राई, ३६ की टेकमाया राई ३९ की मदनकुमारी राई, ४१ का थमनसिं राई, १८ का हेमन राई र १९ वर्षीया यमुना राई रहेको जनाइएको छ । उनीहरुले जंगलबाट च्याउ ल्याएर बुधबार राति पकाएर खाएपछि बिरामी भएका हुन् । बिरामी सबैलाई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बिरामी सबैलाई वान्ता हुने…

विस्तृतमा...

कास्की : स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ । देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान…

विस्तृतमा...

कैलाली : धनगढीमा नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ । धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो । धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन् । चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ । रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ । किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन् । किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव…

विस्तृतमा...

टीकापुर : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । यस…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो । परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ ।

विस्तृतमा...

चितवन : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो । स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए। दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र…

विस्तृतमा...

मोरङ : मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जिल्लाका सबै वडारस्थानीय तहहरुले विसं २०८० चैत २८ गतेदेखि २०८१ असार २४ गतेसम्म पूर्णखोप सुनिश्चितता…

विस्तृतमा...

काठमाडाैं : संघीय सरकारले आफ्नो मातहत रहेको डडेल्धुरासहित देशका विभिन्न अस्पतालमा ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक कार्यक्रम’ लागू गरेको छ । जसअन्तर्गत दुर्गम तथा अन्य काम गर्ने विकल्प नभएको अस्पतालमा कार्यरत चिकित्सकलाई प्रोत्साहन स्वरुप भत्ता(ओडीओआइ) दिने भनेर भनिएको थियो । सोही कार्यक्रम अनुसार विगतका वर्षहरुमा अस्पतालमा कार्यरत चिकित्सकहरुले आर्थिक वर्षको अन्त्यमा उक्त भत्ता पाउँदै आएका थिए । तर, यो वर्ष भने उनीहरुले एक पैसा पनि पाएका छैनन् । त्यसैकारण डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले भोलि असार २८ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आर्थिक वर्ष २०८०/०८१ को प्रोत्साहन भत्ता(ओडीओआइ) नपाएको भन्दै अस्पतालमा कार्यरत २५ भन्दा बढी चिकित्सकले आन्दोलित भएका हुन्…

विस्तृतमा...