Aricle Tech

काठमाडौं : नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा.चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गरे । सो अवसरमा सचिव डा.पोखरेलले भने, “ गुणस्तरीय स्वास्थ्य सेवा…

विस्तृतमा...

सिरहा : सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थिए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो । लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरु बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित…

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले दुई वटा नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८० /८१ को बजेटमा २ थान ‘ ख ‘ वर्गको एम्बुलेन्स खरिद गरिएको पालिका अध्यक्ष शेरसिंह पार्कीले बताए। बिरामी तथा गर्भवतिलाई अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए । पालिकामा अहिले दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । दुई वटा थप भएसँगै पालिकामा अब ४ वटा एम्बुलेन्सले सेवा दिने छ ।

विस्तृतमा...

काठमाडौँ : मनसुनसँगै देशभर डेंगीको प्रकोप बढ्न थालेपछि संघदेखि स्थानीय सरकारसम्मलाई नियन्त्रणका लागि परिचालन गरिने भएको छ । ६ महिनाको अवधिमा ७२ वटा जिल्लाबाट प्राप्त तथ्यांक विश्लेषणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीले महामारीको रुप लिन सक्ने भन्दै स्थानीय तहलाई नियन्त्रणका लागि ८ वटा जिम्मेवारी तोकिदिएको छ । स्वास्थ्य सेवा विभागले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८० अनुसार स्थानीय तहहरुलाई पनि नियन्त्रण र रोकथामका लागि जिम्मेवार बनाइएको छ । कार्ययोजना अनुसार स्थानीय तहहरुले स्थानीय संचारमाध्यममार्फत जनचेतान फौलाउने जिम्मेवारी छ । त्यस्तै टोल विकास संस्था, आमा समूह आदिमार्फत सचेतना फैलाउने, पोष्टर माइकिङ गर्ने कामको जिम्मेवारी छ । लामखुट्टे खोजेर नष्ट…

विस्तृतमा...

काठमाडाैं : भारतकाे त्रिपुरा राज्यका ८२८ जना विद्यार्थीमा एचआइभी संक्रमण देखिएको छ । जसमध्ये ४७ विद्यार्थीको मृत्यु भएको बताइएकाे छ । त्रिपुरा स्टेट एड्स कन्ट्रोल सोसाइटी(टीएसएसीएस)ले राज्यका २२० स्कूल र २४ कलेज तथा विश्वविद्यालयमा गरेकाे अनुसन्धानबाट याे तथ्यांक बाहिर आएको हाे । एचआइभी पीडितमध्ये धेरै विद्यार्थी देशका विभिन्न राज्यका विश्वविद्यालय तथा ठूला कलेजमा भर्ना भएर अध्ययन गरिरहेका छन् । पीडितमध्ये अधिकांश सिरिन्जबाट लिइने औषधका प्रयोगकर्ता रहेको समेत पाइएको छ । त्यस्तो अवस्थामा एचआइभी सङ्क्रमित विद्यार्थीले पहिले प्रयोग गरेको सुई अर्को विद्यार्थीले लगाएमा रोग फैलिन सक्ने सम्भावना हुन्छ । यति मात्र होइन, पछिल्लो तथ्याङ्कले झण्डै हरेक दिन पाँचदेखि सातवटा नयाँ एचआइभी…

विस्तृतमा...

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात नेता डा. कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै उनले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिए । त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा. कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा…

विस्तृतमा...

कैलाली- धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ । डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको छ । भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको मंगलबार राति मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिनभर अस्पतालमा आन्दोलन गरेका थिए । मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको बताए । सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको…

विस्तृतमा...

लुसाका : जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मासेबोले भने, “देशका १० मध्ये छ प्रान्तमा कोरोन सङ्क्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।” उनका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुुलुकभर चार हजार सात सय ७० कोरोना सङ्क्रमित भेटिएका छन् । जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास…

विस्तृतमा...

काठमाडौँ : प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाई थियो। उनले पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गरेकाले उनीहरुको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताए। ‘हामीले ६६ औं संसद दिवस मनायौँ। पूर्वसांसद मञ्च र संघीय संसदको संयुक्त आयोजनामा यो मनाइएको हो। पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गर्नुभएको छ। र उहाँहरूले केही मागहरू पनि राख्नुभएको छ,’ उनले भने, ‘त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरुमा…

विस्तृतमा...

काठमाडौं : कैलालीको धनगढीमा एक २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ । निसर्ग अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका–१ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो । पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको हो । मृतकका आफन्त नन्दराज जोशीका अनुसार लक्ष्मी हेल्थ असिस्टेन्ट(एचए)को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् । ‘हिजो ड्युटीबाट फर्केपछि उनको पेट दुख्न थालेछ । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको…

विस्तृतमा...