

काठमाडाैं : नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी सरकारी सेवामा आवद्ध रहेको अरोपमा मधेस प्रदेशको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरी (जलेश्वर)मा आठौं तहमा कार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जलेश्वरमा आठौं तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा कार्यरत साहले सेवा प्रवेश गर्दा पेश गरेका योग्यताका प्रमाणपत्रमध्ये बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि प्रतिवादीविरूद्ध मुद्दा दायर गरिएको बताए ।


