काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने निर्णय गरेका छन् । यस्तै, उनले एक महिनाभित्र संघीय अस्पतालमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।
Aricle Tech
काठमाडौँ : पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थिए । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, मधेस प्रदेशमा ३९ जना, कोशीमा ३७१ जना, गण्डकीमा २३० जना,सुदूरपश्चिममा १६४ जना र…
काठमाडौँ : अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् । अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका रिपोर्टमा उल्लेख गरिएको छ । दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नेजस्ता बिषय रोग र मृत्युको कारक हुन् ।
काठमाडाैं : त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगबिना नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गरेको छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ३० वर्षका युवकको कलेजो प्रत्यारोपण भएको हो । उनलाई २७ वर्षकी श्रीमतीले कलेजो दान गरेकी थिइन् । कलेजो सर्जन डा. भण्डारीले शिक्षण अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिई कलेजो प्रत्यारोपण गर्न सफल भएको जानकारी दिए । उनले कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहारा लिनु पर्दैन भन्ने सन्देश दिइएको जानकारी दिँदै अब नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गर्ने बताए ।
बारा: बाराकाे कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौँ जाँदै थिइन् तर काठमाडौ नपुग्दै उनी त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ । करिब डेढ वर्ष पर्साको सखुवा प्रसौनीमा कार्यरत उनी आफुले सिकेको सिप र ज्ञानले नेपाल भन्दा जापानमा राम्रो कमाई हुने र परिवारको जिवन सुधार गर्न सहयोग हुने विश्वासका साथ सृष्टिले जापानमा…
काठमाडौं : ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त अस्पताल निजी कम्पनीबाट सामुदायिक कम्पनीमा परिणत भएपश्चात आज(शनिबार) कम्पनीका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा दोस्रो साधारणसभा बैठक बसेको हो । बैठकमा कम्पनीका ५० भन्दाबढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, आव २०७९/८० को लेखा परिक्षण प्रतिवेदन, आव ०८१/८१ का लागि लेखा परिक्षक नियुक्ति र आव २०७९/८० को नाफाबाट शेयर धनीहरुलाई १०.५ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं : काठमाडौँको ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले आगामी साउन १ देखि १२ घण्टा अपरेसन सेवा दिने भएको छ । अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो । यसका लागि आवश्यक नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी व्यवस्था गरिदिन उनले अस्पतालका कार्यकारी निर्देशकसँग अनुरोध गरेका छन् ।
दाङ : यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय निकै टरिसकेको थियो । बेलुका ८ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरे । तुलसीपुर–२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए । घरभित्र कसरी सर्प आयो होला भनेर…
काठमाडौं : कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठले व्याचुलर इन डेन्टल सर्जरी (बीडीएस)मा उत्कृष्ट स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालय(केयु)को दीक्षान्त समारोहमा स्वर्ण पदक दिने व्यवस्था मिलाउन २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । यसअघि विश्वविद्यालयले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई मात्र स्वर्ण पदक दिने गरेको थियो । तर, बीडीएसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कोषको स्थापना गरेको डा श्रेष्ठले बताए । ‘अन्य शंकायमा टप गर्नेले मात्रै गोल्ड मेडल दिने व्यवस्था थियो तर डेन्टल पढेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई राज्यले बेवास्ता गर्ने गरेकाले उनीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्न कोष खडा…
बुटवल : लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २/२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १/१ जनामा सङ्क्रमण देखिएको छ। गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन । प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क…

