

काठमाडौं : कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठले व्याचुलर इन डेन्टल सर्जरी (बीडीएस)मा उत्कृष्ट स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालय(केयु)को दीक्षान्त समारोहमा स्वर्ण पदक दिने व्यवस्था मिलाउन २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
यसअघि विश्वविद्यालयले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई मात्र स्वर्ण पदक दिने गरेको थियो । तर, बीडीएसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कोषको स्थापना गरेको डा श्रेष्ठले बताए ।
‘अन्य शंकायमा टप गर्नेले मात्रै गोल्ड मेडल दिने व्यवस्था थियो तर डेन्टल पढेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई राज्यले बेवास्ता गर्ने गरेकाले उनीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्न कोष खडा गरेको हु’ उनले भने ।
केयुले सो कोषको व्याजबाट आउने रकमबाट गोल्डमेडल उपलब्ध गराउने बताएको छ ।


