काभ्रेपलाञ्चोक : स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ । क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो । उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध…
Aricle Tech
काठमाडौँ – काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए । दुई नदीको सङ्गम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । ‘अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको…
बझाङ : बझाङमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन् । विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए । तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्याएकी थिइन् । तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दर्शन भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ ।
काठमाडाैं : विस २०२४ सालमा तारानाथ शर्माले आफ्नो नियात्रा संग्रहमा ‘घनघस्याको उकालो काट्दा’ समेटका थिए । उनले बैतडीको झुलाघाटदेखि सतबाँझ र पाटन हुँदै डडेल्धुरासम्मको कथा ‘घनघस्याको उकालो काट्दा’ मा समेटेका छन् । स्वर्गिय शर्माले पाटनदेखि डडेल्धुरा पुग्दासम्म आफुले चढेको उकालाको बयान सो कृतिमा गरेका थिए । उनले लेखेको दशकौं वित्दा पनि त्यहाँका स्थानीयको नियति भने फेरिएको छैन । बैतडीको पाटन नगरपालिका–२ बिनोडाका स्थानीय उपचारका लागि डडेल्धुरा आउनुपर्ने बाध्यता रहेको छ । जसका लागि उनीहरु डडेल्धुराको अजयमेरु गाउँपालिका–२ खतेडा पुग्नुपर्ने हुन्छ । पाटनतर्फ सडक सञ्जाल नजोडिएकाले स्थानीय अजयमेरुबाट डडेल्धुरा आउजाउ गर्छन् । शुक्रबार पनि बिनोडाकी एक ६५ वर्षीया वृद्धालाई स्थानीयले स्ट्रेचरमा…
काठमाडौं : कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनले ग्राहकलाई अस्वस्थ्यकर खाजा पठाएको पाइएको छ । असार २६ गते अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको हो । अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले सो विषयमा काठमाडौं महानगरमा जानकारी गराएपछि । सोही जानकारीपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम वर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ। उजुरीको छानविनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले म:म: स्को अचारमा गन्ध आएको स्वीकार गरेका थिए ।
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि २०८० भदौ २० मा थालेको प्रक्रिया रद्द गरेको छ । परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो । उच्च अदालत पाटनले यसमाथि फैसलाको पूर्णपाठ २०८१ असार १३ गते प्राप्त भएको जानकारी दिदै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरेको जनाएको छ । गत असार २६ को कार्यकारी समितिको निर्णयानुसार उक्त स्थगित विज्ञापन रद्द गरिएको परिषद्ले जनाएको छ । परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
काठमाडौं : नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डाक्टर किरण शाक्य नियुक्त भएका छन् । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर शाक्यलाई अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो । अस्पताल सञ्चालक समितिको १ हप्ता अगाडि बसैको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । डा.शाक्य लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा कार्यरत थिए। हालै उनी सर्जन अफ द इयर पुरस्कारबाट सम्मानित भएका थिए ।
काठमाडौँ : औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिबन्ध लगाएको छ । विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ । विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ। सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई विभागले आग्रहसमेत गरेको छ ।
काठमाडौं : काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान…

