काठमाडौं : ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

उक्त अस्पताल निजी कम्पनीबाट सामुदायिक कम्पनीमा परिणत भएपश्चात आज(शनिबार) कम्पनीका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा दोस्रो साधारणसभा बैठक बसेको हो ।

बैठकमा कम्पनीका ५० भन्दाबढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, आव २०७९/८० को लेखा परिक्षण प्रतिवेदन, आव ०८१/८१ का लागि लेखा परिक्षक नियुक्ति र आव २०७९/८० को नाफाबाट शेयर धनीहरुलाई १०.५ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
Last Modified Date: २०८१ असार २९, शनिबार







