टीकापुर : बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो तीन सय ५० मा पाइने मासु यतिखेर पाँच सय पर्न थालेको…
Aricle Tech
काठमाडाैं : भारतकाे केरलामा भाइरसको कहर रोकिएको छैन । केरलामा १४ वर्षीय बालकको निपाह भाइरसका कारण मृत्यु भएको छ । भाइरस संक्रमण भएका ती किशोरको आइतबार हृदयघातको कारण मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्री गर्गले स्थानीय सञ्चार माध्यममा जनाइएकी छन् । भाइरसका कारण ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको राज्यका स्वास्थ्यमन्त्री वीना गर्गले बताएकी छन् । सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको जनाइएको छ । केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो । त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार…
काठमाडौँ : देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा. दाहालले बताए । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न…
तुलसीपुर : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताइन् । “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन् । अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।” मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताए । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि पहल गरिए…
काठमाडौं : नारायणी अस्पतालमा रहेको एमआरआई मेशिन विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । अस्पतालमा रहेको थ्री टेस्लाको अत्याधुनिक एमआरआई मेशिन बन्द अवस्थामा रहेको हो । गत वर्ष कार्तिक महिनातिर अस्पतालमा एमआरआई मेशिन जडान भएको थियो ।तर, केही महिनाभित्रै बन्द भयो । ३० करोडमा खरिद गरिएको थ्री टेस्लाको एमआरआई मेशिनको भुक्तानीलाई लिएर मेशिन बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । चिनियाँ कम्पनीले उपलब्ध गराएको एमआरआई मेशिनको बीस प्रतिशत रकम अहिले पनि नारायणी अस्पतालले तिर्न बाँकी रहेको छ। जसले गर्दा चिनियाँ कम्पनीले नारायणी अस्पतालमा जडान भएको एमआरआई मेशिन बन्द गरिदिएको हो । कम्पनीले चीनबाट नै अस्पतालमा भएको एमआरआई मेशिनको सफ्टवेयर…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस लिएकी बताइएकाे छ । उनलाई आयोगको हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफलमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरिसकेको छ ।
काठमाडाैं : कैलालीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गरिएको पाइएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ । चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन् । चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ । चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ । कारको अगाडिको सिसामा अस्पतालको संकेत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ । इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा…
काठमाडौँ : काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ । यही २०८१ साउन ९ गते देखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन हुन लागेको हो । नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ । मन्त्रालयले थप जानकारीका लागि टोल फ्रि नम्बर १११५ मा फोन गर्न आग्रह गरेको छ ।
कैलाली : कैलालीका ५ वटा पालिकामा पाेषण कार्यक्रम लागू भएकाे छ । याक नेपालकाे सहकार्यमा पहिलाे चरणमा १० महिनाका लागि पाेषण कार्यक्रम लागू भएकाे हाे । आइतबार धनगढीमा एक कार्यक्रमका बीच पाेषण कार्यक्रमकाे शुभारम्भ तथा परिचयात्मक कार्यक्रम गरिएकाे छ । याक नेपालका अध्यक्ष बलबहादुर राेकायाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगराज भुषाल प्रमुख अतिथि रहेका थिए । केयर नेपाल, आईडी नेपालकाे साझेदारीमा सञ्चालन भइरहेकाे पाेषण कार्यक्रम कैलालीका कैलारी र जानकी गाउँपालिका, भजनी, घाेडाघाेडी र गाेदावरी नगरपालिका गरी पाँचवटा पालिकामा लागू भएकाे छ ।

