Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

३० वर्षपछि विवाह गर्ने पुरुषमा बाँझोपनको जोखिम

Aricle TechBy Aricle Tech२०८१ श्रावण ८, मंगलवार
Share
Facebook Twitter

काठमाडाैं : पछिल्लो समय नेपालमा पुरुषहरुमा बाँझोपन बढ्दै गइरहेको छ । लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा.नेहा हुमागाईंले पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्।

विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ।

‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। बाँझोपनको समस्यामध्ये झण्डै ७५ प्रतिशत पुरुषमा हुन्छ। डा.नेहा भन्छिन्, ‘तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। चर्चा भएसँगै पुरुषहरूले पनि बाँझोपनको समस्या स्वीकार गर्न थालेका छन्।’

पछिल्ला केही वर्षयता बाँझोपनको समस्या ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन्। प्रसूति अस्पतालमा मात्रै गत वर्ष निःसन्तान उपचार कक्षमा ८ हजारभन्दा धेरैले सेवा लिएका छन्। अन्य निसन्तान सेन्टरहरूमा त्यही अनुपातमा सेवा लिनेहरू छन्। बर्सेनि यो संख्या बढ्दो क्रममा छ।

बाँझोपनको बढ्दो समस्या नेपालमा मात्रै होइन, विश्वमै देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नै बाँझोपन विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ। डब्ल्यूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या रहेको देखाएको छ। अर्थात्, ६ जोडीमध्ये एक जोडीमा बाँझोपनको समस्या देखिन्छ। यो समस्या उच्च आय भएका देशमा झन् धेरै देखिएको छ।

बढ्दो बाँझोपनको प्रमुख कारण ढिलो विवाह रहेको डा.नेहा हुमागाईंको भनाइ छ।

‘पछिल्ला दिनमा ढिलो विवाह गर्ने प्रचलनले पनि प्रजनन् क्षमतामा कमी आउन थालेको छ। २० देखि ३० वर्षसम्म बच्चा जन्माउने उपयुक्त उमेर हो,’ नेहा भन्छिन्, ‘तर, अहिले पहिला करिअर त्यसपछि विवाह भन्ने सोच विकास भइरहेको छ। जसले गर्दा युवायुवतीहरू ३०–३५ वर्षमा बल्ल विवाह गर्छन्। यसले गर्दा महिलामा अण्डाको गुणस्तरमा ह्रास आउने र अण्डाको उत्पादन नै कम हुँदै जान्छ।’

धेरै तापक्रममा बस्ने पुरुषमा बाँझोपन देखिने डा। नेहाको भनाइ छ। उनको अनुभवमा खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुषमा अहिले बाँझोपन प्रमुख समस्याको रूपमा देखिएको छ।

‘उच्च तापक्रमका कारणले गर्दा अण्डकोषले वीर्य राम्रोसँग उत्पादन गर्न सक्दैन,’ डा.नेहा थप्छिन्, ‘सहरी क्षेत्रमा काम गर्ने ड्राइभर, कुक लगायत मानिसमा वीर्यको क्षमतामा ह्रास आएको छ।’

केही वर्ष अगाडिसम्म १५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या भएको अनुमान गरे पनि अहिले यो संख्या २५ प्रतिशतबाट उकालो लागेको डा.नेहाको भनाइ छ। नेपालमा अहिलेकै क्रममा विदेश जाने अवस्था रहिरहे बाँझोपनको भयावह अवस्था सिर्जना हुने डा.नेहाको दाबी छ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

चितवनमा औलोका सात बिरामी भेटिए

१६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.