

काठमाडाैं : अमेरिकामा एक नेपाली नर्स ६ दिनदेखि बेपत्ता छिन् । भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टको गत बिहीबारदेखि बेपत्ता भएकी हुन् ।
अमेरिकामा बस्दै आएका सानुबाबु सिलवालले भर्जिनियाको मनाससमा बस्दै आएकी ममताको खोजीका लागि सबैलाई अनुरोध गरेका छन् । उनले घरायसी तनाव र श्रीमानसँगको झगडाको कारण ममताले घर छाडेको आशंका गरेका छन् ।



