Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आयुर्वेद

वीरगञ्जको आयुर्वेद चिकित्सालयमा एकै वर्षमा तीन गुणा बढी बिरामी

Aricle TechBy Aricle Tech२०८१ श्रावण २२, मंगलवार
Share
Facebook Twitter

वीरगञ्ज : प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जमा गत आर्थिक वर्षमा उपचार गर्ने बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा तीन गुणाले वृद्धि भएको छ।

कार्यालयले आर्युर्वेेद र वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न रोगको सेवा थप गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । आव २०८०/८१ मा ५५ हजार एक सय ७६ जना बिरामीले उपचार गराएका छन् । जबकी आव २०७९/८० मा १७ हजार छ सय २९ जना बिरामीले उपचार गराएका थिए ।

चिकित्सालय प्रमुख डा शिवनारायणप्रसाद गुप्ताले कार्यालयले नयाँ सेवा थप गरेसँगै अघिल्लो वर्षको तुलनामा तीन गुणा धेरैले उपचार पाएको जानकारी दिए। ‘‘हामीले प्रदेश कार्यालयले तोकेका भन्दा धेरै खालका उपचार सेवा बिरामीलाई उपलब्ध गराउँदै आइरहेका छौँ, जसकारण आयुर्वेदतर्फ उपचार गराउनेको सङ्ख्यामा उल्लेखनीय मात्रामा बढोत्तरी भइरहेको छ । हामीले गुणस्तरीय उपचार सेवा दिएर नै बिरामीको सङ्ख्या बढेको हो’’, उनले भने।

कार्यालय प्रमुख डा गुप्ताकानुसार अघिल्ला वर्षमा दैनिक १०–१५ जना बिरामी आउने गरेकामा हाल दैनिक ६० देखि ८० जनासम्म आउने गरेका छन् । यहाँ विशेष गरी जोर्नीसँग सम्बन्धित रोगका धेरै बिरामी उपचारका लागि आउने गर्छन् । ‘‘हाडजोर्नीको दीर्घकालीन समस्या भएका बिरामीका लागि आयुर्वेदसँग सम्बन्धित ‘मर्म थेरापी’ निकै प्रभावकारी देखिएको छ’’, प्रमुख डा गुप्ताले भने।

चिकित्सालयले बहिरङ्ग सेवा, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा, स्तनपायी आमा दूधवर्धक औषधि वितरण, योग, पञ्चकर्मअन्तर्गत पूर्वकर्म कार्यक्रम, ल्याब सेवा, क्षारसुत्र, क्षारकर्म, अग्निकर्म, जलौकावचरण (लिच थेरापी) र मर्म थेरापीलगायत सेवा दिइरहेको छ।

कार्यालयकानुसार आव २०८०/८१ मा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या ४० हजार ७१ रहेको छ । ज्येष्ठ नागरिक सेवा लिनेको सङ्ख्या तीन हजार दुई सय ८८, स्तनपायी आमा सेवा लिने दुई सय ७४, पूर्वकर्म सेवा लिने चार हजार चार सय ६६, अग्निकर्म सेवा लिनेको सङ्ख्या पाँच सय ४३ जना रहेका छन् । जलौकावचरण (लिच थेरापी) सेवा लिनेका सङ्ख्या दुई सय २२ रहेको छ । यस्तै योग सेवा लिनेको सङ्ख्या चार हजार चार सय ७३, शिराभेद र अन्य सेवा लिनेको सङ्ख्या दुई हजार २६ र क्षारसूत्र सेवा लिने बिरामीको सङ्ख्या १३ रहेको छ।

आव २०७९/८० मा भने बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या १२ हजार नौ सय ९२ रहेको थियो । त्यस्तै स्तनपायी सेवा लिने बिरामीको सङ्ख्या दुई सय ६०, ज्येष्ठ नागरिक सेवाका बिरामीको सङ्ख्या एक हजार ३८, पूर्वकर्म/पञ्चकर्म सेवा लिनेको सङ्ख्या दुई हजार छ सय ७७ र स्वास्थ्य शिविरमा उपचार सेवा लिने बिरामीको सङ्ख्या छ सय ६२ रहेको थियो।

बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।

हाल यहाँ स्वीकृत दरबन्दीमा सात कर्मचारीसहित १५ जना रहेका छन् । जसमा एक जना स्थायी चिकित्सक, दुई छात्रवृत्तिमा अध्ययनरत चिकित्सक र एक जना होमियोथेरापीको उपचार गराउने करार चिकित्सक रहेका छन्।

Aricle Tech
  • Website

सम्बन्धित खबर

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

४० लाखको आयुर्वेद औषधालय भवन उपयोगविहीन

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.