डडेल्धुरा- लक्षण देखिएपछि निको हुने औषधी नै नभएको रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन डडेल्धुरामा दैनिक आठ जनासम्म पुग्ने गरेका छन । डडेल्धुरा अस्पतालको तथ्यांक अनुसार प्रायः गरी कुकुरले टोकेपछि रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन दैनिक ५–८ जनासम्म पुग्ने गरेका छन । १८ औँ विश्व रेविज दिवसका अवसरमा शुक्रबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको रेविज रोगको जानकारी कार्यक्रममा डडेल्धुरा अस्पतालका मेडिकल अधिकृत डा. संजिव अधिकारीले यस्तो जानकारी दिए । उनका अनुसार रेविस विरुद्धको भ्याक्सिन लगाउनेमा बढी बालबालिका छन् । घर पालुवा, समुदाय वा भुस्याह कुकुरले टोकेपछि रेविज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । रेविज रोगबाट बच्ने भ्याक्सिन मात्रै…
Aricle Tech
काठमाडौँ- नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका हुन् । यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् ।
झापा- जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो । नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए। आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए । आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले बताए । ‘दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ’,…
-डाक्टर सुनिता भण्डारी सुरक्षित गर्भपतन भनेको कुनैपनि गर्भवती महिलाले आफ्नो मञ्जुरीमा सूचीकृत संस्थामा गई सूचीकृत स्वास्थ्यकर्मीको सल्लाह अनुसार सुरक्षित तरिकाबाट गरिने गर्भपतन हो । औषधि प्रयोग गरेर (मेडिकल अवोर्सन) र उपकरणहरूको प्रयोग गरेर (सर्जिकल अवोर्सन) गरी गर्भपतन मुख्यतया दुई तरिकाबाट गराउन सकिन्छ । सकेसम्म गर्भपतन नगराएको राम्रो । यदि गराउनै पर्ने अवस्था आएमा आवश्यकता अनुसार सुरक्षित रुपमा दुवै तरिका प्रयोग गर्न सकिन्छ । नेपालमा गर्भपतन गराउने वा नगराउने स्वयम् महिलाले निर्णय लिन सक्छिन, जुन अरू देशमा छैन । सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिईएको थियो, जुन पहिलो त्रैमासिक गर्भपतन सेवा हो । पहिलो गर्भपतन सेवा २००४ मा दिइएको थियो…
अछाम- यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
लमजुङ- जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घरबाट…
चितवन- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । उनले भने , “अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पु र्य ाउनु आग्रह गर्दछु ।” उनले स्वास्थसम्बन्धी पूर्वाधारको विकासमा पनि जोड दिए । “स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसलाई कार्यान्वयन गर्न गरिब…
काठमाडौँ – इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा इन्डोनेसिया पुगेका छन् । इन्डोनेसिया भएको भेटमा उनीहरूबिच नेपाल र मालदिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
काठमाडौं- आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताए । ‘नेपालमा प्रतिएक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृमृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौँ । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका…
चितवन- पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गरेका थिए । तत्कालीन समयमा नेपाली काँग्रेस चितवनका सभापति रहेका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गरे र नेपालमा चीनको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने अभियान सुरु भयो । विगतलाई सम्झँदै गुरुङले भने, “गिरिजाबाबुलाई गणेशमान जीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।” नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न…

