Aricle Tech

काठमाडौं- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ । नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो । उनीहरूको करार अवधि ६ महिना रहने छ ।

विस्तृतमा...

काठमाडाैं- ललितपुरस्थित रहेको बी एन्ड बी अस्पतालले रोबोटिक शल्यक्रियाको सुरूवात गरेको छ । उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालकाे दाबी छ । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ । बिएन्डबी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो । बी एण्ड बी अस्पतालमा रोबोटिक…

विस्तृतमा...

काठमाडौं स् रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठजनाको समूह गोसाइँकुण्ड गएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा सुशान हुमागाईंको नेतृत्वमा आठजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिए । डा हुमागाइँसँगै डा अन्जिला थापा, डा सावित्रा थापा, डा सूर्यप्रकाश जोशी, डा रेसिका श्रेष्ठ, मेडिकल विद्यार्थी जगत भट्ट, पोष्ट सहायक प्रकाश खत्री र सङ्घका प्रतिनिधि श्रीराम खत्री गोसाइँकुण्ड…

विस्तृतमा...

बारा- बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका-७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ । आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको…

विस्तृतमा...

काठमाडाैं- गत जनवरी १ देखि हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३ हजार ३३९ पुगेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । महाशाखाले हालसम्म ७३ जिल्ला डेंगुबाट संक्रमित भएको बताउँदै सबैभन्दा बढी गण्डकी प्रदेशमा संक्रमित रहेको जनाएको छ ।

विस्तृतमा...

प्युठान – प्युठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिकमा सिल गरिएको छ । आज सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिकमा सिलबन्दी गरिएको हो । सरुमारानी गाउँपालिका–४ बडडाडामा दर्ता नगरी सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिए । फार्मेसीका लागि इजाजत लिइएको शोभा फार्मेसीसँगै एक वर्षदेखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए । फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भने, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ । फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ…

विस्तृतमा...

काठमाडाैं- पछिल्लो समय देशमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ । पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको हो । जसमध्ये ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन्। अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन् । बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौँ), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक…

विस्तृतमा...

पर्वत : यहाँ सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार सरकारी स्वास्थ्य सस्थाबाट मात्र नौ सय सातजनाले गर्भपतन सेवा लिएका थिए । यसैगरी जिल्ला सदरमुकाम कुश्मामा रहेको मेरी स्वास्थ्य सेवा क्लिनिका प्रमुख फूलमाया सापकोटाका अनुसार गत आव मा तीन सय ९० जनाले गर्भपतन सेवा लिएका थिए । जनस्वास्थ्य अधिकृत पिसीका अनुसार सोही आवमा सरकारी स्वास्थ्य संस्थामा छ सय २२ सुत्केरी भएका थिए । ती मध्ये…

विस्तृतमा...

खोटाङ : खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिइन् तर घर फर्कन बोक्ने मान्छे पाइएनन्  । जसकारण स्वास्थ्यकर्मीको टोलीले आमा र बच्चालाई घरसम्म पु-याउने निर्णय गरे । स्वास्थ्यकर्मीलाई केही जनप्रतिनिधिले पनि साथ दिएपछि स्ट्रेचरमा बोकेर रमिला र नवजात शिशुलाई घर पु-याइदिएको स्वास्थ्य चौकीले जनाएको छ  । गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका हुन्  । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ । टुवा खोला नजिक पर्ने अदुवाबारीबाट स्वास्थ्य चौकी…

विस्तृतमा...