
काठमाडौं, ३१ साउन । कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल बसुन्धाराले एकदिने निःशुल्क हाडजोर्नी तथा फिजियोथेरापी परामर्श शिविर आयोजना गर्ने भएको छ ।
आउँदो शुक्रवार आयोजना गरिने शिविरमा घुँडा दुखेको, ढाड दुखेको, बाथरोग भएको, नशा च्यापीएका, कुममा समस्या भएकाहरुको निःशुल्क परिक्षण र फिजियोथेरापी दिइने अस्पतालले जनाएको छ । त्यस्तै हात पिडौला सुनिएका, पक्षघात भएका, हाटखुट्टा झम्झम् गर्ने, हड्डी खिइएका र शरीरका विभिन्न दुखाई भएका बिरामीहरुले शिविरबाट लाभ लिन सक्नेछन् ।
शिविरमा हाडजोर्नी तथा नशा विशेषज्ञ एवं फिजियोथेरापिष्टबाट सेवा प्रवाह गर्न लागिएको छ ।
अस्पतालले स्वस्थ र सक्रिय जीवनशैली कायम राख्नका लागि यो शिविर सञ्चालन गर्ने जनाएको छ ।
शिविर शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अस्पतालको प्रांगण बसुन्धारामा आयोजना गर्न लागिएको हो ।


