Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आयुर्वेद

श्रीकेश जस्ता तेललाई नियमन गर्ने भन्दै औषधि व्यवस्था विभागले ल्यायो ‘मापदण्ड’

Aricle TechBy Aricle Tech२०८१ श्रावण ३१, बिहीबार
Share
Facebook Twitter

काठमाडौं, ३१ साउन । कपाल उम्रने दावी सहित बजारमा छ्यापछ्याप्ती भेटिने तेलहरुको भीडमा पछिल्लो समय श्रीकेश नाम गरेको तेल चर्चामा छ । सेलिब्रेटीहरु मार्फत विज्ञापन गराएर आयुर्वेदिक तेलका नाममा उत्पादन भइरहेका श्रीकेश जस्ता तेललाई नियमन गर्न भन्दै औषधि व्यवस्था विभागले सूचिकरणका लागि तेल उत्पादकहरुलाई आह्वान गरेको छ ।

आयुर्वेदिक तेलको नाममा उत्पादन हुने अधिकांश औषधिको कुनै थेरापेटिक क्लेम दर्ता नहुने यस क्षेत्रका विज्ञहरु बताउँँछन् । यस्ता तेलहरुले आयुर्वेदलाई वदनाम मात्र गर्ने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डा. प्रदीप केसीले बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा औषधिको उपयोग, गुणस्तर र प्रभावकारिताका बारेमा व्यापक बहस भएपछि विभागले औषधि परामर्श समितिको पुरानो निर्णयमा टेक्दै यस प्रकारका तेलहरुलाई नियमनको दायरामा ल्याउन लागेको बताए ।

औषधि व्यवस्था विभागले त्यस्ता तेलहरुलाई नियमन गर्ने उद्देश्यले गत साउन १७ गते सूचना प्रकाशित गर्दै ती तेलहरुलाई थेरापेटिक क्लेम नभएका तेलहरुलाई पनि मापदण्डमार्फत सूचिकरण गर्ने जनाएको हो । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले विशेषगरि पछिल्लो समयमा श्रीकेश तेलका विषयमा भएको विवादका कारण उनीहरुलाई नियमनमा ल्याउनका लागि मापदण्ड बनाएको दावी गरे ।

विभागले त्यस्ता तेलहरुलाई सूचिकरण गर्ने भनेपनि उसले औषधि परामर्श समितिको ४२ औं बैठकको निर्णय का बारेमा थप खुलाएको छैन । त्यो बैठक कहिले बसेको थियो र त्यसको निर्णयपुस्तिकामा के बुँदा उल्लेख गरिएको थियो भन्ने पनि खुलाएको छैन । महानिर्देशक ढकालले आफुलाई ४२ औं बैठकको मिति याद नभएको बताए ।

पछिल्लो समयमा श्रीकेश तेलले कपाल उम्रने दावी सहित विज्ञापन बजारमा ठूलो धनराशी खर्च गरेपछि यसका बारेमा सतहमै प्रतिक्रियाहरु देखिए । काठमाडौं महानगरका मेयर बालेनले असारमा सप्तर्शी आयुर्वेद नाम गरेको सो तेलको उत्पादक कम्पनीले लगाएको तेलको विज्ञापन महानगरको मापदण्ड विपरित भएको भन्दै हटाएका थिए । त्यसपछि सो तेलका बारेमा सामाजिक सञ्जालमा व्यापक ट्रोल बन्ने काम भइरहेको छ ।

रोग उपचारका लागि नभएको खुलाउनुपर्ने
विभागले ल्याएको नयाँ मापदण्डमा ती उत्पादन रोग उपचारका लागि नभएको भनेर औषधिको बट्टामा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता तेलहरुलाई दर्ता गर्न न्यून मापदण्ड र प्रकृयाहरु तोक्ने भन्दै औषधिको नियमन गर्ने स्वास्थ्य सेवा विभाग उत्पादक र व्यवसायीहरुप्रति नरम देखिएको छ । विभागले त्यस्ता उत्पादन प्रयोग गर्ने वा नगर्ने भन्ने विषयलाई चाहीँ उपभोक्ताको विवेकमा भर पर्ने जिकिर गरेको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.