

पछिल्लो समय क्यान्सर रोग जनस्वास्थ्यको ठूलो चुनौतीका रुपमा देखापरेको छ । घरघरमा क्यान्सरका बिरामी देखिनुले आउँदा दिनमा यस रोगको प्रकोप थप बढ्ने निश्चित छ । वयष्कमा मात्र नभई बालबालिकामा पनि क्यान्सर रोग देखिने क्रम बढेको नेपाल क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले बताएकी छिन् । अस्पतालमा पछिल्लो समय देखिएका बाल क्यान्सरका बिरामी र नेपालका हालको अवस्थाका बारेमा हामीले डा. पण्डितलाई केही प्रश्न गरेका छौं ।
अहिले नेपालका बच्चाहरूमा कस्तो खालको क्यान्सर देखिएको छ ? त्यसको आंकडाका बारेमा बताइदिनुस् न ।
अहिलेको अवस्था हेर्दा पहिला पूर्वाधार नहुँदा जति मात्रा थियो अहिले पूर्वाधार , अस्पताल र जनशक्ति बढेसँगै बिरामी पनि बढ्दै गइरहेका छन् । पहिले पहुँँचका अभावमा कम मानिसको रोग पहिचाह हुन्थ्यो भने अहिले बढेको छ ।
कुन उमेरमा गएर बच्चहरूलाई कुन कुन क्यान्सर हुने गर्दछ ?
भर्खर जन्नेका बालबालिका देखि १८ वर्ष सम्मका उमेरको हिसाबले कुरा गर्नुपर्दा २ देखि १० बर्षसम्मका बालबालिकामा बढि क्यान्सर भेटिन्छन् । जसमा सबैभन्दा बढी ब्लड क्यान्सर भेटिने गरेको छ । जसलाई ल्युकेमिया पनि भनिन्छ । अरु वयष्कलाई पनि ब्लड क्यान्सर हुनेगरेको पाइन्छ । त्यसपछि ब्रेन ट्युमर, लिम्फोमा, हड्डिको क्यान्सर, लिभरको क्यान्स, किड्नी लगायतका क्यान्सर भेटिन्छन् ।
ब्लडक्यान्सर कस्तो खालको बच्चालाई हुन्छ ?
बच्चामा क्यान्सर ठ्याक्कै किन हुन्छ र कसरी हुन्छ भन्ने कुरा अहिलेसम्म संसारमा पत्ता लागेको छैन । त्यसैले कुनै पनि क्यान्सरले गरिब धनि जातभात केहि पनि भनेको छैन । ठूलो सानो सबै बच्चालाई क्यान्सर भएको छ । त्यसैले यही समुदायमा हुन्छ भनेर यकिन गर्न सकिँदैन । जेनेटिक शरीरमा अल अफ सडेन म्युटेशन चेन्ज हुने भएको कारणले गर्दा जसलाई पनि जुन समयमा पनि क्यान्सर हुनसक्छ ।
बाल क्यान्सरको पहिचान र उपचारमा अहिले कस्ता खालका प्रविधि प्रयोग भैरहेको छ ?
बाल क्यान्सर वा बच्चाको क्यान्सरको तिनओटा प्रविधि हुन्छन् जसमा केमो थेरापि, रेडियो थेरापि र सर्जरी रहेका छन् । तिनवटा मध्ये ब्लड क्यान्सरलाई केमोथेरापी पद्दतिबाट मात्र पनि निको पार्न सकिन्छ । जुन ट्युमरको केस छ, लिभरको क्यान्सर लगायतका अन्य क्यान्सरलाई रेडियो थेरापि र सर्जरीको पनि आवश्यक्ता पर्छ ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा भएका उपचारहरुमध्ये बाल क्यान्सरको उपचारको सफलता दर कस्तो रहेको छ ?
यो तिनवटै उपचार पद्दति हाम्रो अस्पतालमा भएको कारणले गर्दा हामीले बिरामीलाई बाहिर जानुस् भनेर पठाउनु पर्ने अवस्था छैन । त्यसले हाम्रोमा आउनु भएका बालबालिकाले पुरै उपचार पाएर जानुहुन्छ । हाम्रोमा ८० प्रतिशत निको हुने दर रहेको छ । जुन कारणले गर्दा जुन पद्दति अपनाउनुपर्ने हो त्यो पद्दति छैन भन्ने हुँदैन ।
प्रईभेट अस्पताल अलिक खर्चिलो हुन्छ बढी खर्च गरेर आउनु भएको कारणले गर्दा हामीले सबैभन्दा राम्रो ट्रिटमेन्छ दिने कोशिष गर्छौं । क्यान्सरले कुनैपनि बालबालिका बित्ने हैन, इन्फेक्सनको कारणले गर्दा बित्ने हो । हामीले पनि ईन्फेक्सनबाट जोगाउने कोसिस गरेका छौं । हाम्रोमा आउने बालबालिकामध्ये ८० प्रतिशत समयमा नै आउने गरेका छन् । बाकी २० प्रतिशत ईन्फेक्सनको कारणले गर्दा बित्ने भन्दा पनि उहाँहरु लास्ट स्टेजमा वा स्टेज ३ मा आउने भएकोले मात्र हामीले उनीहरुलाई बचाउन नसकेको हो ।
क्यान्सर लागेको लक्षण के हो ? पहिलो चरणमै उपचारको पहुँचमा कसरी पुग्ने ?
हाम्रो शरीरले जहिले पनि लक्षण देखाएको हुन्छ । हामीले त्यसलाई इग्नोर गरेर बस्दा वा क्यान्सर मेरो बच्चालाई हुनसक्दैन भनेर बस्दा लास्ट स्टेजमा क्यान्सर पत्ता लाग्ने गरेको छ । क्यान्सर हस्पिटल आउन डर लाग्ने अरु अस्पताल घुम्न रूचाउने भएका कारणले गर्दा पनि ढिला हुने गरेको हो । सुरूमै क्यान्सर अस्पताल आएर उपचार गराउँदा हैनरहेछ भने उँहाहरूलाई नै फाइदा हुन्छ । हो रहेछ भने सरूमै उपचार गराउँदा निको पनि हुन्छ ।
ब्लड क्यान्सरले विभिन्न लक्षण देखाउँछ । त्यसलाई इग्नोर गर्नुहुँदैन । यदि लगातार ज्वरो आयो र औषधिले निको भएन भने त्यसलाई ब्लड क्यान्सर भएको हुनसक्छ ।
- अर्को भनेको शरीरमा दाग धब्बाहरु देखिनु पनि हो, तर यस्तो हुँदा झारफुक गर्ने, कुखुरा चढाउने गरेर ढिलो अस्पताल आउने गर्नुहुन्छ । बच्चामा तौल कम हुने, बच्चा छिटो थाक्ने लगायतका बिभिन्न लक्षणहरु पनि ब्लड क्यान्सर भएका बच्चामा देखिन्छ ।
क्यान्सरको शंका गरिसकेपछि यसको प्राइमेरी डाइग्नोसिसका गर्न कति खर्च लाग्छ ?
धेरै ठुलो टेष्ट गर्नु पर्छ भन्ने छैन । सबैभन्दा पहिला नर्मल ब्लड टेस्ट ३ सय वा ५ सयको मात्र गर्दिने हो भने धेरै कुरा थाहा हुन्छ । ब्लड टेस्ट मात्र नगरेको कारणले गर्दा पनि बच्चाको धेरै कुरा मिस हुन्छ । तर हामीले बच्चालाई किन दुख दिने भन्ने कुरा गरेर ब्लड टेस्ट नै गर्न चाहादैनौं ।
आफ्नो बालबच्चा लाई क्यान्सरबाट जोगाउनको लागि के के कुरामा ध्यान दिनुपर्छ ?
हामीले मुख्य ध्यान दिनु पर्ने कुरा भनेको खानपान र रहनसहन नै हो । कसैलाई पनि क्यान्सर होस् भनेर कसैले पनि चाहाँदैन । यो कारणले क्यान्सर लागेको हो भनेर पत्ता नलागे पनि केहि न केहि कारण त छ । जेनेटिक करणले भनिएतापनि त्यो २५ प्रतिशत मात्रै हो । बाँकी ७५ प्रतिशत रहनसहन र खानपानको कारणले भइरहेको छ । खानपानमा हामीले घरको खानालाई प्रोत्साहन गर्नुपर्छ । हामी कुनै फ्याक्ट्रिको वरिपरी बसेर त्यहाँबाट निस्केको हावाले पनि क्यान्सर हुन सक्छ । आमाले गर्भमा बच्चा रहेको बेला जथाभावि औषधि खाएको छ भने वा गर्भावस्थामा एक्स्रे, रेडियो थेरापी भइरहेको ठाउँ तिर गएको छ भने पनि बच्चालाई क्यान्सर हुनसक्छ ।
हेरौं भिडियो