
काठमाडौं, ८ फागुन । फागुन २५ गतेदेखि चितवनमा सुरु हुने नवौं फर्मा एक्स्पोले नेपालका औषधि उद्योगीहरुको उत्पादनलाई विदेश निर्यातको ढोका खोल्ने नेपाल औषधि उत्पादक संघले दावी गरेको छ ।
फर्मा एक्स्पोका बारेमा स्वास्थ्य डायरीसँग कुरा गर्दै संघका अध्यक्ष महेशप्रसाद प्रधानले नेपाली उद्योगले औषधिमा आत्मनिर्भरताका साथै निर्यातको सम्भावनालाई खोजेको बताए । ‘हामी औषधिमा आत्मनिर्भर हुनेमात्र नभई निर्यातका लागि पनि अन्तराष्ट्रिय बजार खोज्ने अवस्थामा पुगिसकेका छौं ।’ उनले भने ।
हेरौं भिडियो
औषधिमा आत्मनिर्भरताको लागि प्रयास गरिरहेका बताउने उद्योगीहरुले निर्यातका बारेमा पनि केही वर्षदेखि बहस चलाइरहेका छन् भने केही कम्पनीले विदेशमा औषधि निर्यातको थालनी समेत गरेका छन् ।
यस वर्ष हुने एक्स्पोमा पनि नेपाल, भारतका अलावा तेश्रो देशका प्रतिनिधि, उद्योगी र कम्पनीहरुको स्टल रहने संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले स्वास्थ्य डायरीलाई जानकारी दिए ।