काठमाडौं : काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज अस्पतालले विश्व मुख स्वास्थ्य दिवस बनाएको छ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् ‘खुसी मुख खुसी शरीर’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाएको अस्पतालका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कजेजले मुख स्वास्थ्यबारे सचेतना जगाउन र्याली आयोजना गरेको थियो । यस्तै कलेजका विद्यार्थीबीचमा चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगितासमेत आयोजना गरिएको उनले बताए ।






