

पोखरा:रोटरी क्लब अफ पोखरा न्यूरोड र बाबा फ़ाउण्डेशन नेपालको संयुक्त आयोजना तथा कान्तिपूर डेण्टल कलेज न्यूरोड पोखराको प्राविधिक सहयोगमा दन्त शिविर, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ ।
पोखरा-१९, घार्मीस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका र अभिभावकका लागि मानसिक स्वास्थ्यको निदान र उपचार सम्बन्धी जानकारी गराइएको थियो । शिविरबाट विद्यार्थी, अभिभावक, शिक्षकसहित करिव २५० जनाले सेवा लिएका थिए ।

कार्यक्रममा बोल्दै कान्तिपूर डेण्टल कलेजका डाक्टर अनुजा काफ्लेले दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पार्ने बताउदै दाँतको समस्या, दाँतमा लाग्ने रोगका प्रकार, यसले पार्ने दीर्घकालीन असर र समाधानका बारेमा बताइन् ।
रोटरी क्लब पोखरा न्यूरोडका अध्यक्ष रामबिक्रम अधिकारीको अध्यक्षता पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, बिधालयका प्रअ बासुदेव पौडेल, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शुवाश सिग्देल, पुष्पकमल पौडेल, प्रेम शर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, कोषाध्यक्ष छबी सुवेदी, सर्भिस कमिटी चेयरपर्सन नरेन्द्र बास्तोला लगायत क्लब पदाधिकारी, कान्तिपूर डेण्टल कलेजका डाईरेक्टरद्वय प्रतीकमान श्रेष्ठ, बृष्टि गुरूङ लगायतको उपस्थिति रहेको थियो ।