

धनगढी – कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।
कैलाली प्रहरीले उनीहरूलाई प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले फार्मेसी सञ्चालक मेसकबाट १७ ट्याबलेट नेमेडोल र अमृतको साथबाट ४३ ट्याबलेट ट्रामाडोल औषधी बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।