काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी भएको छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आदानप्रदान भएका आठवटा समझदारीपत्रमध्ये स्वास्थ्य तथा औषधि क्षेत्रसँग सम्बन्धित समझदारी पनि समेटिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

त्यस्तै, नेपाल र भारतबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्य गर्ने समझदारी पनि भएको छ। यसले दुवै देशबीच परम्परागत उपचार पद्धतिमा अनुभव तथा ज्ञान आदानप्रदानका लागि सहकार्यको आधार तयार गरेको छ।
भारतले नेपालमा स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको संयुक्त वक्तव्यमा उल्लेख छ। यद्यपि, समझदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रम, लगानी, कार्यान्वयनको समयसीमा र सहकार्यका ठोस क्षेत्रबारे भने संयुक्त वक्तव्यमा विस्तृत विवरण खुलाइएको छैन।








