

काठमाडौं – वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिको सिफारिसमा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. नेपाललाई वीरको निर्देशकमा नियुक्त गरेकी हुन् । डा. नेपाल ग्यास्ट्रोसर्जन हुन् ।
यस्तै, वीरको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसीलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



