

कैलाली- कैलालीमा छाउगाेठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ । जिल्लाकाे माेहन्याल गाउँपालिका- ७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले घर नजिकै छाउगाेठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेकाे बताए ।