काठमाडाैं- आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ । नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेको विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा. राजेश पाण्डवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा…
स्वास्थ्य डायरी
काठमाडौं- आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थामा राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आवासीय चिकित्सकलाई अवौज्ञानिक ढंगबाट काममा लगाइनु, दैनिक ड्युटी आवरको निर्क्यौल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालमा मौन रहनुले देशको चिकित्सा शिक्षा खस्कँदै गएको संघका महासचिव डा. छवि पन्थीले बताए । यस्तै, निर्वाह भत्ताको यथोचित रेखांकन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानक स्थापित गर्न नसक्नुले पनि समस्या सिर्जना भएको संघले जनाएको छ । समस्या समाधानका लागि निजी स्तरबाट सञ्चालित कलेजमा निःशुल्क अध्ययन, सरकारी सेवा सरह निर्वाह भत्ता र २ वर्षको सरकारी तलब स्केल र भत्ताको व्यवस्था गरी सोही…
काठमाडौं- स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्लेसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । त्यसैगरी महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन्। शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य पत्रकारिता अरू भन्दा विशिष्ट भएको र स्वास्थ्य क्षेत्र सुधारका लागि समेत महत्त्वपूर्ण हुने भन्दै मञ्चलाई अझ फराकिलो र विस्तार गर्नु पर्ने बताए । उनले मन्त्रालयले मञ्चलाई आफ्नै परिवारको हिस्साको रूपमा लिएको समेत बताए । स्वास्थ्य सूचना, जानकारी सँगै सचेतनाका कुरामा स्वास्थ्य पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै दक्षता अभिवृद्धिका लागि मञ्चसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । सो अवसरमा बोल्दै मन्त्री पौडेलले अब…
अर्थोडोन्टिक्स भनेको बाङ्गोटिङ्गो दाँतको उपचार गर्ने दन्त चिकित्साकाे विशेष विधा हो । यो विधा अन्तर्गत बाङ्गोटिङ्गो दाँतकाेउपचार हुनुकाे साथै मुख र अनुहारकाे हड्डीकाे समस्याकाे उपचार तथा राेकथाम पनि गरीन्छ। यसमा जन्मजात ओठ चिरिएका, तालुु खुडें भएका र अन्य विकार भएकाको पनि उपचार गरिन्छ । बाङ्गोटिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । त्रिवि शिक्षण अस्पताल र डेन्टल भिल्लामा कार्यरत अर्थोडोन्टिक्स कन्सल्टेन्ट डाक्टर (ब्रेसेज बिशेषज्ञ) डा. सञ्जय प्रसाद गुप्ता, अर्थोडोन्टिक्समा एक अब्बल अर्थोडोन्टिक्स बिशेषज्ञकाे रूपमा चिनिन्छन् र विगत एक दशकभन्दा बढिसमयदेखि स्वदेशमै सेवा दिइरहेका छन् । डा. गुप्ताले स्नातककाेत्तर (एम. डि. एस- अर्थोडोन्टिक्स) टिचिगंबाटै पहिलाे ब्याचकाे रूपमा पढेको र थप ट्रेनिंग…
एजेन्सी- अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणाप्रति विश्व स्वास्थ्य संगठनले दुःख व्यक्त गरेको छ। अमेरिकी नागरिकसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको छ। रोगका मूल कारणहरूको सम्बोधन, सुदृढ स्वास्थ्य प्रणाली निर्माण र प्रायः अन्य निकाय जान नसक्ने जोखिमयुक्त स्थानहरूमा महामारी तथा प्रकोपजस्ता स्वास्थ्य आपत्कालहरूको पहिचान, रोकथाम र प्रतिकार्यमा विश्व स्वास्थ्य संगठनले अर्थपूर्ण योगदान दिँदै आएको डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रसँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ। विश्व स्वास्थ्य सभामा र कार्यकारी…
लन्डन – चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो अनौठो र आधुनिक प्रक्रिया लीड्स टिचिङ हस्पिटल एनएचएस ट्रस्टका शल्यचिकित्सकहरूद्वारा गरिएको थियो, जुन तीन घण्टामा पूरा भएको थियो। हामी तपाईलाई बताउछौं कि यो शल्यक्रिया चिकित्सा जगतमा एक ठूलो कदम हो, किनभने यो प्रविधिको साथ ती ठाउँहरूमा ट्युमरको उपचार गरिन्छ जुन पहिले असम्भव वा अत्यन्त जोखिमपूर्ण मानिन्थ्यो। यो…
म्याग्दी- बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ । वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।
काश्मिर- जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ । ‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहेपछि अनुसन्धान सुरू गरिएको छ । गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो । पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन् । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन् । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ । सो घोषणापछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् । स्थानीय अस्पतालका प्रमुख डा.…
काठमाडाैं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएको सिटीस्क्यान मेसिन नबन्दा बिरामी मर्कामा परेका छन् । दुई महिनादेखि बिग्रिएको सिटीस्क्यान नबनेपछि बिरामीहरु निजी अस्पताल धाउन बाध्य भएका छन् । अस्पतालमा दैनिक ६० देखि ८० जनाको सिटिस्क्यान हुनेका गरेको छ । तर, नियमित सिटीस्क्यान बिग्रिएपछि आकस्मिक कक्षमा रहेको सिटीस्क्यानले नियमित प्रक्रियाबाट आएका सबै बिरामीको सिटीस्क्यान गर्न सक्दैन । सोही कारण उपचारमा गर्न पुगेका धेरै बिरामी मर्कामा परेको गुनासो बढेको छ । बिग्रिएको सिटीस्क्यान र्मतका लागि पटक–पटक प्रयास गरे पनि अहिलेसम्म मर्मत हुन नसकेको अस्पतालका कार्यकारी निर्देशक डा घनश्याम गुरुङले बताए । उनले मेसिनको यकिन समस्या पत्ता लगाई शीघ्र रूपमा विकल्प खोज्ने तयारी भइरहेको…

