काठमाडाैं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित सिफारिस समितिले बिहीबार दरखास्त आह्वान गरेको हो । दरखास्तको सूचनामा अनुसार तोकिएको योग्यता र अनुभव भएकाले मन्त्रालयको आन्तरिक प्रशासन शाखामा आवेदन बुझाउन सक्नेछन् ।
स्वास्थ्य डायरी
धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका– ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए । डीएसपी बोहराले भने, ‘राना राति करिब २ बजेतिर शौचालय गएका थिए । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।’ हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पुरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् । यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संसोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । ‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’ यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरुले देखाएका छन्…
काठमाडौं- औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको हो । विभागका अनुसार, काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स्बाट उत्पादित ‘क्याल्बोन’ नामक क्याल्सियम र भिटामिन डी थ्री मिश्रित ५०० एमजीको ट्याब्लेटका धेरै ब्याचमा समस्या देखिएको छ । ब्याच नम्बर ‘टीसीएल २०३’ देखि ‘टीसीएल ३४१’ सम्मका ट्याब्लेट तोकिएको स्तरबमोजिम नभएको विभागले जनाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि विभागले सोही कम्पनीको ब्याच नम्बर ‘टीसीएल–२२९’ लाई माघ पहिलो साता बिक्रीमा रोक लगाएको थियो । यस्तै बाराको एभरेस्ट प्यारेन्टेरल्सले उत्पादन गरेको ‘इभासिप’…
पोखरा – क्यान्सर रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीहरूलाई निःशुल्क किमोथेरापी उपलब्ध गराउने घोषणा गरेका छन् । पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियानको शुभारम्भ गर्दै उनले क्यान्सर रोकथाम र उपचार दुबै क्षेत्रमा सरकारले ध्यान दिने बताए । मन्त्री पौडेलका अनुसार, क्यान्सर केवल उपचारमार्फत नियन्त्रण गर्नेभन्दा पनि निरोधात्मक उपायहरू अवलम्बन गर्नु आवश्यक छ । हालसम्म उपचारमा मात्रै ठूलो रकम खर्च भइरहेको भन्दै मन्त्री पौडेलले अब रोकथाम, शीघ्र पहिचान, र कम लागतमा उपचारलाई प्राथमिकता दिने बताए।
काठमाडौं – हालै प्रकाशित एक अध्ययनले वायु प्रदूषण फोक्सोको क्यान्सरको प्रमुख कारक बन्दै गएको देखाएको छ, जसले धूम्रपान नगर्नेहरूलाई पनि गम्भीर रूपमा प्रभावित गरिरहेको छ । विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका जनसङ्ख्या यो समस्याबाट बढी प्रभावित भएका छन् । सन् २०२२ मा फोक्सोको क्यान्सरका २५ लाख नयाँ केसहरू दर्ता भए, जसमा करिब १० लाख महिलाहरू थिए। ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धान अनुसार फोक्सोको क्यान्सरको एउटा प्रमुख प्रकार एडेनोकार्सिनोमा हाल विश्वभरि महिलाहरूमा अत्यधिक बढिरहेको छ । विशेषज्ञहरूका अनुसार वातावरणीय प्रदूषण र इनडोर प्रदूषण (जस्तै खाना पकाउन प्रयोग गरिने ठोस इन्धन) एडेनोकार्सिनोमा बढ्ने मुख्य कारण हुन्। अध्ययनका अनुसार धूम्रपान नगर्ने व्यक्तिहरूमा…
काठमाडौँ- डा. सन्तोष पौडेलले वीर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा आफूले विभिन्न सुधार गरेको भन्दै कार्यकारी निर्देशक पौडेलले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । २०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले बिहान साढे ८ बजेबाट ओपीडी सञ्चालन गरिएको, फार्मेसी सेवाको टेन्डरलाई नयाँ ढंगले व्यवस्थित गरेको जिकिर गरेका छन् । निर्देशक डा. पौडेलले उल्लेख गरेका सुधारका कार्य 1. कार्यभार सम्हाल्दाको पहिलो निर्णय: “डा के डी जोशी बर्न सेन्टर” सञ्चालनमा ल्याइएको जसमा बर्न प्लास्टिक ओ टी,आई सी यु तथा वार्ड (१५ बेडको) रहेको। राष्ट्रिय स्तरमा नै…
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतियाविन्दुको समस्या देखिएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतियाविन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा– ९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । मोतियाविन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र…
काठमाडौं- सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आफ्नो आन्दोलनलाई अझ कडा बनाएका छन् । मंगलबार ओपीडी सेवा ठप्प पारेपछि उनीहरुले बुधबार आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । आठ दिनदेखि जारी आन्दोलनमा माग पूरा नभएपछि दबाब बढाउन थप कडा कदम चाल्नुपरेको चिकित्सकहरुको भनाइ छ। ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ को नेतृत्वमा जारी आन्दोलनले सरकारको ध्यानाकर्षण गराउन विभिन्न चरणका विरोध कार्यक्रम गरिरहेको छ । यसअघि सोमबार आवासीय चिकित्सकहरुले तीन घण्टा ओपीडी सेवा बहिष्कार गर्दै देशभर प्रदर्शन गरेका थिए । बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारी अस्पताल तथा प्रतिष्ठानहरुमा ब्यानर र प्लेकार्डसहित उनीहरुले आक्रोश पोखेका थिए । संघर्षरत…
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो । हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६ रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए । गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली – १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र…

