Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



औषधि/उपकरण

के हो एचपीभी खोप ? किन लगाउने ?

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ माघ २०, आईतवार
Share
Facebook Twitter

काठमाडौं- सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ ।

एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट सक्रमित हुन्छ्न, तर अधिकांशमा कुनै पनि लक्षण देखा नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको अनुमान छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । जसमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने सरकारी अनुमान छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको संक्रमण हुनु हो ।

एचपीभी भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुन्छन् । तर, मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । ती प्रजातिहरू १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ हुन् । यीमध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिको हुने गरेको छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका स्त्री तथा प्रशुती रोग विशेषज्ञसमेत रहेका अस्पताल निर्देशक डा. केशर ढकालले बताए । खोप अभियानमा प्रयोग हुने खोपले एचपीभी प्रजातिका १६ र १८ का कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित बनाउने उनले बताए ।

खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख बताउँदै उनले १० देखि १४ वर्ष उमेरका किशोरीलाई एक मात्रा लगाएपछि यसको पूर्ण मात्रा हुने बताए । विगतमा एक मात्रा एचपीभी खोप लगाएका किशोरीहरूले अर्को मात्रा लगाउन नपर्ने डा. ढकालले बताए ।

नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्यसम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख गर्दै डा ढकालले खोपबारे जनचेतना फैलाउनुपर्ने बताए ।

यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर, यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।

विकसित राष्ट्रहरूमा छिट्टै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले खोप लगाउने उमेर समूह नौ देखि १४ वर्ष तोकिएको चिकित्सक बताउँछन् ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.