काठमाडौं- तिलगङ्गास्थित ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा विस्तार गर्दै १५ शय्याको मानसिक अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वर्षअघि मनोसामाजिक समस्या भएकाहरूका लागि काउन्सिलिङ तथा साइकोथेरापी सेवा सुरु गरेको यस अस्पतालले अब व्यापक रूपमा मानसिक स्वास्थ्य सेवामा योगदान पुर्याउने लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष आशामान सङ्गतले अस्पतालको सेवा विस्तारप्रति शुभकामना व्यक्त गर्दै मानसिक स्वास्थ्य सेवामा यस संस्थाले पुर्याएको योगदानको सराहना गरे । उनले महिला नेतृत्वमा सञ्चालित अस्पताललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । अस्पतालकी अध्यक्ष डा. रचना शर्मा बस्नेतका अनुसार अस्पतालले रोकथाम (प्रिभेन्सन), उपचार (ट्रिटमेन्ट) र पुनर्स्थापना (रिह्याविलिटेसन) सहित समग्र मानसिक स्वास्थ्य सेवामा कार्यरत छ…
स्वास्थ्य डायरी
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरेका छन् । आइतबार कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले सो आग्रह गरेका हुन् । ‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।’ मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ । माघ २४ गते काठमाडौँ– २८ कमलपोखरीस्थित शानदार मः म सेन्टरमा ग्याँस…
झापा- स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०/८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । ‘सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्’, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।’ वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात् बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको…
काठमाडौं- औषधि उत्पादन र वितरणको अनुमति रद्द भएपछि पनि एक उद्योगले असम्बन्धित रूपमा औषधि उत्पादन र बजारमा पठाएको पाइएको छ । डेढ वर्षअघि औषधि व्यवस्था विभागले एमडीएच फार्मास्युटिकल्स प्रालिको उत्पादन अनुज्ञापत्र र बिक्री वितरण दर्ता प्रमाणपत्र रद्द गरेको थियो । तर, कम्पनीले कानूनी उल्लङ्घन गर्दै “फर्टिभेट” नामक क्लोमिफिन साइट्रेट ट्याब्लेट उत्पादन गरी तीनवटै ब्याचमा अन्तिमपटक २०२४को डिसेम्बर महिनामा बजारमा पठाएको तथ्य विभागले सार्वजनिक गरेको छ । विभागले तत्कालै कम्पनीलाई उक्त औषधि वितरण रोक्न र बजारबाट फिर्ता ल्याई सबै विवरण बुझाउन निर्देशन दिएको छ । साथै, विभागले आम जनतालाई उक्त औषधिको सिफारिस र प्रयोग नगर्न सर्तक गराउँदै, यस घटनालाई गम्भीर रुपमा…
बैतडी- दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । अस्पताल निर्माणको कूल लागत अनुमानित १४ करोड ६८ लाख २९…
काठमाडाैं- अब बिरामीले अस्पताल पिच्छे रिपोर्ट बोक्नुपर्ने झन्झट हट्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरिसकेको छ, जसले सरकारी तथा निजी स्वास्थ्य संस्थाबीच बिरामीको स्वास्थ्य विवरण डिजिटल रूपमा साझा गर्न सक्षम बनाउनेछ । हाल अस्पतालहरूमा विद्युतीय प्रणाली भए पनि तिनीहरूबीच बिरामीका तथ्याङ्क आदानप्रदानको व्यवस्था छैन । नयाँ निर्देशिका लागू भएपछि, एक अस्पतालमा गरिएको परीक्षण तथा रिपोर्टहरू अन्य अस्पतालहरूले पनि हेर्न सक्नेछन्। यसले बिरामीलाई बारम्बार परीक्षण गराउनुपर्ने बाध्यता हटाउनेछ, जसले खर्च र समयको बचत हुनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्देशिका कार्यान्वयनका लागि अस्पतालहरूसँग समन्वय भइरहेको छ,…
पोखरा- नेपाल अफ्थाल्मिक सोसाइटीले नेत्र चिकित्सकहरूका लागि पाेखरामा एक दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक डा राजन शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । उक्त तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्व विकास प्रशिक्षकका रूपमा परिचित उत्तम झा मुख्य प्रशिक्षक थिए । करिब ३० वर्षको अनुभव रहेका झाले पोखरास्थित विभिन्न आँखा अस्पतालका नेत्र चिकित्सक तथा आवासीय चिकित्सकहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । नेपाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष एसोसिएट प्रोफेसर डा पुरुषोत्तम जोशीका अनुसार, सोसाइटीका सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक विकासका लागि यस्ता कार्यक्रम आवश्यक भएकाले यसको सुरुवात गरिएको हो ।…
काठमाडौं- निजी मेडिकल तथा डेन्टल कलेजहरूको एसोसिएसनले चिकित्सा शिक्षा आयोगद्वारा हालै तोकिएको आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सम्बन्धी निर्णयप्रति आपत्ति जनाएको छ। एसोसिएसनका अनुसार आयोगले पहिले तोकेको पहिलो वर्षका लागि रु. २५,०००, दोस्रो वर्षका लागि रु. ३०,०००, र तेस्रो वर्षका लागि रु. ३५,००० को निर्वाह भत्ताको निर्णयलाई आफैले कुल्चिएको छ । त्यस्तै, एसोसिएसनले चिकित्सा शिक्षा आयोगले लागू गरेको Self Appraisal Form ले भर्ना प्रक्रियामा अनावश्यक जटिलता थपेको र सिट निर्धारण गर्दा उचित परामर्श नगरिएको गुनासो गरेको छ । एसोसिएसनका अनुसार यसले विद्यार्थी, मेडिकल कलेज, र स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष असर पुर्याउने भएकाले आयोगले यी निर्णयहरू पुनर्विचार गर्नुपर्ने माग राखेको छ । एसोसिएसनले…
कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव वाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए । यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भने, ‘विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।’ शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए…
काठमाडौं- वीर अस्पतालको अपरेशन थिएटरबाहिर स्वास्थ्यकर्मी माथि हातपात भएको छ । अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलको भनाइ छ । निर्देशक पौडेलका अनुसार शल्यक्रियाको ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको समेत जनाइएको छ ।

