काठमाडौं- वीर अस्पतालको अपरेशन थिएटरबाहिर स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलको भनाइ छ ।
निर्देशक पौडेलका अनुसार शल्यक्रियाको ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको समेत जनाइएको छ ।