जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधीहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ । “पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधीहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ । डब्लुएचओका…
स्वास्थ्य डायरी
वीरगञ्ज (पर्सा)- सर्वोच्च अदालतको फैसलासँगै विगत पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले यसअघि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ । नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यसअघि अस्थायी इजलास वीरगञ्जको निर्माण कम्पनी एनडिइ÷भ्याली कन्स्ट्रक्सन प्रालि (भिसीपिएल)÷नेशनल डेभलपमेन्ट इन्जिनियरिङ (एसएसएनसी)पक्षको फैसला उल्ट्याइदिएसँगै भवन निर्माणसम्बन्धी विवाद टुङ्गोमा पुगेको जानकारी दिए । “अस्थायी इजलासले निर्माण कम्पनीको पक्षमा फैसला दिएसँगै सहरी विकास तथा भवन निर्माण विभागले सो फैसलाको विरुद्ध सर्वोच्चमा…
काठमाडौँ- जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने भएको छ । हिजाे आयोजित पत्रकार सम्मेलनमा नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार ‘केयर गिभर’ लैजाने घोषणा गरेका हुन् । उक्त अवसरमा जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । स्वास्थ्य सेवाका क्षेत्रमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले बताए । उनले भने, ‘यसले…
काठमाडौँ- परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी भएको र बृहत् स्वास्थ्य शिविर पनि सफल रहेको महाशाखाको ठम्याइ छ । मन्त्रालयले परिवार व्यवस्थापनका लागि घरदैलो सेवा पनि उपलब्ध गराउँदै आएको छ । जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा बन्ध्याकरण…
काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो । थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो । ‘आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो । यस कोषलाई विश्व…
काठमाडाैं- वीरगञ्ज महानगरपालिकामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानमा गम्भीर लापरबाही देखिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले खोप कार्यक्रम सञ्चालनका क्रममा देखिएका कमजोरी सच्याउन निर्देशन दिएको छ । प्रशासनको अनुगमनका क्रममा वीरगञ्जको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा सञ्चालित खोप केन्द्रमा सरसफाइ, सुरक्षा र स्वास्थ्य मापदण्ड उल्लंघन गरिएको पाइएको हो । खोपस्थलमा न्यूनतम स्वच्छता कायम नगरिएको, फोहोर व्यवस्थापन उचित नभएको तथा सिरिन्ज तथा अन्य स्वास्थ्य सामग्री अनियन्त्रित रूपमा छाडिएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गरिएको अनुगमनपछि महानगरपालिकालाई नौ बुँदे निर्देशन दिँदै कमजोरी सुधार नगरेसम्म खोप अभियान रोक्न पत्राचार गरिएको…
शरीरलाई राम्ररी काम गर्न र स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट सुरक्षित रहन भिटामिन डी आवश्यक हुन्छ। भिटामिन डीको कमीले पनि शरीरमा क्याल्सियमको कमी हुन्छ किनभने भिटामिन डीले क्याल्सियमलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ। भिटामिन डीको कमी भएमा हड्डी र मांसपेशीमा पनि दुखाई हुन थाल्छ । साथै, डिप्रेसन हुनु र मुड राम्रो नहुनु पनि भिटामिन डीको कमीका लक्षणहरूमा पर्छन्। यस्तो अवस्थामा शरीरमा भिटामिन डीको कमी हुन नदिन घामको किरण लिइन्छ । भिटामिन डी को मुख्य स्रोत घाम हो। तर, भिटामिन डी प्राप्त गर्न कति समय घाममा बस्नु पर्याप्त हुन्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। भिटामिन डी को मुख्य स्रोत घाम हो। भिटामिन डी प्राप्त…
भिटामिन हाम्रो शरीरको लागि आवश्यक पोषण हो र भिटामिन बी-१२ ले शरीरमा स्नायु प्रणालीदेखि रगत निर्माणसम्म काम गर्छ। यो भिटामिन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यस भिटामिनको प्राकृतिक स्रोत मासु, माछा, अण्डा र दुग्धजन्य पदार्थ हुन्। भिटामिन बी-१२ को कमीले वयस्कहरूमा धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, जुन केवल शारीरिक मात्र नभई मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित छन्। हामी तपाईंलाई यसको बारेमा बताउँछौं। कुन रोगहरूले जोखिम बढाउँछ? १. रक्तअल्पता भिटामिन बी-१२ को कमीले रक्तअल्पता हुन सक्छ। यो वयस्कहरूमा हुने सबैभन्दा सामान्य रोग हो, जसमा हाम्रो शरीरले पर्याप्त संख्यामा रातो रक्त कोशिकाहरू उत्पादन गर्न सक्दैन। जसका कारण शरीरमा रगतको कमी हुन्छ। रक्तअल्पताका लक्षणहरूमा थकान,…
काठमाडौं- नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ । सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ ।
डडेल्धुरा- डडेल्धुरा अस्पताललाई तीनसय शय्यामा विस्तार गर्ने योजना अघि बढाइरहे पनि यहाँ डाक्टरको अभावको समस्या समाधान हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार अस्पतालको पूर्वाधार विकास भइरहे पनि राजनीतिक हस्तक्षेपका कारण डाक्टरहरू यहाँ टिक्न सकिरहेका छैनन् । सोमबार अस्पतालका लागि नवनिर्मित डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण कार्यक्रममा उनले डडेल्धुरा अस्पताललाई स्तरोन्नति गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पूरा गरी फाइल अर्थ मन्त्रालयमा पठाइएको बताए । तर, अर्थ मन्त्रालयले फाइल रोकिराखेको कारण थप सुविधा विस्तारमा ढिलाइ भइरहेको उनले जानकारी दिए । सचिव पोखरेलले अस्पतालको विकासमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिँदै डाक्टरहरूको बसोबासका लागि…

