काठमाडौँ – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् । उनले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् ।