
एजेन्सी- सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।
गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले फेब्रुअरी २० देखि मार्च ५ सम्म ९२ जनाको मृत्यु भएको जनाएको हो ।
एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम-दबाकिर पावर स्टेसनमा र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो ।
सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ, जसमध्ये अल-गिटैना क्षेत्र वरपरका गाउँमाआक्रमण गरिएको थियो । जसमा ४३३ जनाको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसंघले उद्धृत गरेको सङ्कट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ, जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ ।