विराटनगर- विराटनगरको गोल्डेन अस्पतालले उपचारको क्रममा मृत्यु भएका ३० वर्षीय सञ्जय कामतको शव बन्धक राखेर मृतकका परिवारसँग पैसा तिर्ने दबाब दिएको आरोप लागेको छ । कामतको मृत्युपछि अस्पतालले मृतकका परिवारलाई ७ लाख रुपैयाँ तिर्न दबाब दिएको र तिनीहरूले रकम जुटाउन नसकेपछि शव हस्तान्तरण नगर्ने निर्णय गरेको हो । कामत फागुन २८ गते राति मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए र उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो । दुर्घटनामा सञ्जय कामतलाई मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका राजेश चौधरीले ठक्कर दिएका थिए । उपचारको क्रममा आठ दिनपछि कामतको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले मृतक परिवारलाई उपचार खर्चका…
स्वास्थ्य डायरी
पोखरा- विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर दन्त अस्पताल पोखराद्वारा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संस्थाले जनचेतनामूलक र्यालीको आयोजना गरेको हो। उक्त र्याली पोखरा महानगरपालिका वडा नं. ८ स्थित न्युरोडबाट सुरु भई सभागृह, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पुनः संस्थाको प्रांगणमा सम्पन्न भएको थियो । कार्यक्रममा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेसमा अध्ययनरत विद्यार्थीहरुले मुख स्वास्थ्यको महत्वबारे नारा लगाउँदै समाजमा जनचेतना फैलाएका थिए। मुख तथा दन्त स्वास्थ्यको महत्व दर्शाउँदै समाजका सबै व्यक्तिलाई लक्षित गर्दै संस्थाले यो कार्यक्रमको आयोजना गरेको हो ।…
तनहुँ- जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो । उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए…
कैलाली- कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन् । डा यादव सर्जन हुन्। यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् । उनले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएका थिए । गेटामा यसअघि डा अशोक श्रीपाइली निर्देशक थिए । उनले गत माघ ६ गते नै पदबाट राजीनामा दिएका थिए । डा श्रीपाइलीले तीन महिनामा नै निर्देशकबाट राजीनामा दिएका थिए । त्यसयता गेटामा निर्देशक पद खाली थियो ।
तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ । केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बिरामीको डायलासिस परीक्षण गरिएको हो । स्वास्थ्य विभागबाट डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागबाट अनुगमन तथा निरीक्षणपछि केही समयमा नियमित सञ्चालनका लागि स्वीकृति पाइनेछ । सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सात वटा उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमनपछि नियमित सञ्चालन अनुमति पाउने उनले बताए ।
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका सबै क्षेत्रबाट सुझाव संकलन गर्ने निर्देशन दिएका छन्। मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ । उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरूसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ ।
दार्चुला- दार्चुलामा गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दा दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । दार्चुलाको मालिकार्जुन र दुहु गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् । मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिदाँ स्वास्थ्यकर्मीले गाउँमै पुगेर उपचार गरेका हुन् । दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डाक्टर निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो। उनीहरूले बिरामीलाई परामर्श सेवा तथा स्वास्थ्य जाँच गरेका छन्। मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिए । “तीन–चार दिनदेखि गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि बस्तीमै उपचार…
काठमाडौँ- आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ । दन्त विशेषज्ञसमेत रहेका…
काठमाडौं- नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागद्वारा जारी गरिएको ‘रिजर्भ एन्टिबायोटिक्स’ सम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाएको छ । संघका अनुसार २०८१ माघ २६ गते जारी गरिएको सूचनामा यस्ता औषधिहरू अस्पताल फार्मेसीबाट मात्र बिक्री वितरण गर्नुपर्ने उल्लेख गरिएको छ, जसलाई संघले तथ्यहीन, आधारहीन र असान्दर्भिक ठहर गरेको छ । संघका महासचिव युवराज भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सर्वसाधारण बिरामीको औषधि पहुँचमा अवरोध पुर्याउने बताएका छन् । उनका अनुसार सामुदायिक फार्मेसीहरूले चिकित्सकको सिफारिसमा मात्र यस्ता औषधि उपलब्ध गराउँदै आएका छन्, जसले दुरुपयोग रोक्ने प्रभावकारी भूमिका खेलेको छ। तर, सरकारले सामुदायिक फार्मेसीहरूलाई प्रतिबन्ध लगाउने प्रयास गर्दा औषधिको कालोबजारी बढ्ने खतरा रहेको…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ । बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ । बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ । ‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको…

