

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।
केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बिरामीको डायलासिस परीक्षण गरिएको हो । स्वास्थ्य विभागबाट डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागबाट अनुगमन तथा निरीक्षणपछि केही समयमा नियमित सञ्चालनका लागि स्वीकृति पाइनेछ ।
सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सात वटा उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमनपछि नियमित सञ्चालन अनुमति पाउने उनले बताए ।