

कैलाली- कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।
डा यादव सर्जन हुन्। यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् । उनले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएका थिए ।
गेटामा यसअघि डा अशोक श्रीपाइली निर्देशक थिए । उनले गत माघ ६ गते नै पदबाट राजीनामा दिएका थिए । डा श्रीपाइलीले तीन महिनामा नै निर्देशकबाट राजीनामा दिएका थिए ।
त्यसयता गेटामा निर्देशक पद खाली थियो ।