स्वास्थ्य डायरी

अहिले सुख सुविधाका लागि धेरैले आफ्नो जीवनशैली र खानपान परिवर्तन गर्ने गरेका छन् । जीवनशैली परिवर्तनसँगै मानिसहरू विभिन्न किसिमका मानसिक रोगको सिकार भएको पाइन्छ । जसमध्ये पिटियसटी पनि एक हो । मानसिक रोग विशेषज्ञ प्रेरणा झाका अनुसार पीटयसटी भनेको पोस्ट ट्रम्याटिक स्ट्रेस् डिस अडर हो । जुन हाम्रो जीवनमा कुनै किसिमको डरलाग्दो घटनापछि देखापर्छ । यो बच्चा आवस्थादेखि नै सुरु हुन पनि सक्छ । सामाजिक, शरीरिक, प्राकृतिक तथा शंवेदात्मक घटनाले यो समस्या सिर्जना गर्दछ । आफ्नो जीवनकालमा आफूले पाएको कुरा गुमाएपछि वा धनजनको क्षति भएपछि पनि यो अवस्था आउँन सक्छ । पीटियसटेव कुनै घटना भएपछि तत्कालै देखिने भन्ने हुँदैन ।…

विस्तृतमा...

काठमाडौं- आज विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्यलाई धेरैले हल्कामा लिने गरेका छन् । कहिलेकाहीँ मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगलाई लिएर मानिसहरुले मजाक पनि बनाउने गरेका छन् । यद्यपि मानसिक स्वास्थ्य निकै गम्भीर तथा संवेदनशील विषय हो । विशेषगरी कोरोना महामारीपछि मानसिक स्वास्थ्यका बिरामीको संख्या झनै बढेको छ । मानसिक स्वास्थ्यमा तपाईंको भावनात्मक मनोवैज्ञानिक र सामाजिक सेवाका विषय समावेश हुन्छन् । यसले हामीले सोच्ने, महसुस गर्ने र काम गर्ने कुरामा असर पार्छ । त्यसका साथै हामीले तनाव कसरी व्यवस्थापन गर्छौं भन्ने कुरामा पनि यसले असर पारिरहेको हुन्छ । मानिसको बाल्यकालदेखि जीवनको प्रत्येक चरणमा मानसिक स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ ।  विश्व…

विस्तृतमा...

-डा. किरन शाक्यविश्व दृष्टि दिवस दृष्टिको बारेमा जानकारी लिन र अन्धोपनको बारेमा थाहा पाउनको लागि आँखाको स्वास्थ्यको बारेमा जानकारी लिन अक्टोबरमा मनाइन्छ । आँखाको दृष्टि कम हुने लङ साइटनेस वा सट साइटनेस हुने एउटा सम्स्या हो । चस्मा लगाएर यसको समाधान गर्न सकिन्छ । यसको पहिचान गरि आवश्यकता अनुसार चस्मा लगाउनुपर्ने हुन्छ ।यसको लागि स्कुलहरुमा स्क्रिनिङ कार्यक्रम गरेर उनीहरूको आँखाको दृष्टि परीक्षण गर्नुपर्ने हुन्छ । यो समस्याले गर्दा विद्यार्थीहरुको पढाइमा असर पर्नुका साथै परीक्षाफल पनि बिग्रिन्छ । यति मात्र नभएर उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर पर्दछ । जसको कारणले उनीहरुको भविष्य पनि अन्धकार हुने देखिन्छ ।अर्को आँखाको समस्या भनेको मोतीमिन्दु…

विस्तृतमा...

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । जुबिन नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४ मा हयात होटलको आँगनमा हुनेछ । सन् २०२२ मा नौटियालले उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड पाईसकेकाछन् । फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ । ‘हाम्रो मिशन भनेको अटिजम भएका व्यक्तिहरू सहित समावेशी समाज सिर्जना गर्नु हो । अटिजम भएका व्यक्तिले अटिजम सहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भनिन् । श्रेष्ठ पनि अटिजम ग्रस्त बालककी आमा हुन् ।…

विस्तृतमा...

दसैंमा विशेषतः मासुको बढी मात्रा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एकचोटि काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । दशैँ भन्नेबित्तिकै अधिकांश मानिसको लागि थरी–थरीका मीठा परिकार बनाएर स्वादिष्ट खानाको स्वाद लिन पाउने अवसरको रुपमा बुझ्ने गरिन्छ । खानेकुराहरुको परिकारमध्ये अझ बढी मासुको प्रयोग हरेक नेपालीको भान्छामा हुने गर्छ । तर दशैँ, तिहारजस्ता चाडपर्वमा खुशी साट्न खाने र खुवाइने मासुका परिकारहरु सही तरिकाले खान जानिएन भने त्यो एकछिन्को खुशी शरीरको लागि दुःखको समाचार बन्न पनि सक्छ । मासु मानिसको शरीरलाई अत्यावश्यक खानेकुरा होइन तर हामी…

विस्तृतमा...

गोरखा- यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो । केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिए । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो । लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार…

विस्तृतमा...

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । “लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित…

विस्तृतमा...

घोराही (दाङ)- यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए । एमडिजिपी डा धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ ।

विस्तृतमा...

चैनपुर (बझाङ)- तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी परेकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए । त्यसले बिसेक नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा गइन् । त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका…

विस्तृतमा...

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने उल्लेख गरेका थिए । बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्न यो निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुहुँदै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए। यससँगै अब देशैभरका…

विस्तृतमा...