वीरगन्ज – नारायणी अस्पतालको अत्याधुनिक सिटी स्क्यान मेसिन तीन महिनादेखि बिग्रिएको छ, जसका कारण बिरामीहरू महँगो शुल्कमा निजी अस्पताल जान बाध्य भएका छ न्। अस्पतालमा सिटी स्क्यान मेसिन उपलब्ध भए तापनि आवश्यक उपकरण नआउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । दैनिक २०–२५ जना बिरामी यसैगरी निजी अस्पताल धाउन बाध्य छन् । अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान मेसिनको ‘फ्युज पाइप’ बिग्रिएको छ, जुन चीनबाट मगाउनु पर्ने हुन्छ । रेडियोलोजी विभागका इन्चार्ज प्रदीप साहका अनुसार पार्ट्स ल्याउने प्रक्रिया लामो भएको कारण सेवा सञ्चालन गर्न ढिलाइ भएको हो । अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले आवश्यक उपकरण १० लाखभन्दा बढी मूल्यको भएकाले प्रशासनिक प्रक्रिया…
स्वास्थ्य डायरी
गर्मी मौसममा शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ। यसले शरीरको तापक्रम नियन्त्रणमा राख्न मद्दत गर्छ र डिहाइड्रेसनबाट जोगाउँछ। हाइड्रेसन कायम राख्न विभिन्न प्रकारका स्वस्थ पेय पदार्थहरू उपयुक्त हुन्छन्, जसमा नरिवल पानी र कागती पानी मुख्य रूपमा पर्छन्। नरिवल पानी: हाइड्रेसनको उत्तम स्रोत नरिवल पानी इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ, जसले शरीरलाई प्रभावकारी रूपमा हाइड्रेट राख्छ। यसमा पोटासियम, सोडियम, म्याग्नेसियम र क्याल्सियम जस्ता महत्वपूर्ण खनिजहरू पाइन्छन्, जसले मांसपेशीलाई सक्रिय राख्न सहयोग गर्छ। यसबाहेक, नरिवल पानीमा पाइने कार्बोहाइड्रेटले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ। भिटामिन सी र एन्टिअक्सिडेन्टले युक्त भएको यो पेय पदार्थ शरीरलाई फ्री रेडिकलबाट बचाउन मद्दत गर्छ। कागती पानी: हल्का…
चितवन- गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए ।…
रौतहट – मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशन अवज्ञा गर्दै सञ्चालनमा रहेको एक निजी अस्पतालका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको गरुडा नगरपालिका-५, शिवनगरस्थित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री सिंहले केही दिनअघि अस्पतालको अनुगमन गर्दै आवश्यक मापदण्ड पूरा नभएको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका थिए। तर, उक्त निर्देशनको अवहेलना गर्दै अस्पताल सञ्चालन भइरहेको भेटिएपछि प्रहरीले जयसवाललाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु कान्त झाको नेतृत्वमा गएको टोलीले आज बिहान ११ बजे उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी…
धनगढी – कैलालीको गेटा अस्पतालमा दूरबीन प्रविधिबाट पहिलोपटक सफल शल्यक्रिया भएको छ । धनगढी उपमहानगरपालिकाको फुलबारीका १८ वर्षीय दिनेश गिरीको दूरबीन प्रविधिबाट शल्यक्रिया गरिएको हो। गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो। अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा. आशिष तिवारीको टिमले दूरबीन प्रविधिबाट शल्यक्रिया गरेको सूचना अधिकारी कार्कीले जानकारी दिए । सूचना अधिकारी कार्कीले एसिएल इन्जुरीको दूरबीन प्रविधिबाट सुदूरपश्चिममै पहिलोपटक शल्यक्रिया भएको दाबी गरे । गेटामा अहिले ५० शय्याको अस्पताल सञ्चालनमा छ। त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।
काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ। उपचार लिनेको संख्या बढिरहँदा…
काठमाडौं- मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको पालुंगो सागमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त साग उपभोग अयोग्य रहेको जनाइएको छ । सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५…
काठमाडौं- भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत…
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । उनले भने, ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु ।’ बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यस अघि नै नियुक्त भइसकेका छन् ।
रौतहट- रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ । मधेश प्रदेश सरकारको मन्त्रीपरिषदबाट प्रादेशिक अस्पताल गौरलाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले बताए । १०० शय्याको अस्पतालमा परिणत भएसँगै दरबन्दी थप हुने तथा उपकरणहरु जडान हुने भएकोले बिरामीलाई छिटो , सहज र गुणस्तरीय उपचार प्राप्त गर्न मद्दत पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महम्मद अनवर हासमिले बताए । रौतहटबासीलाई हरेक साना उपचारमा पनि रिफर गर्नुपर्ने बाध्यता तथा गुणस्तरीय उपचारको लागि जिल्ला बाहिर जाने अवस्था कम हुने प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मुरारी ठाकुरले बताए…

