स्वास्थ्य डायरी

कास्की- चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए । “डेंगु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन, डेंगुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उनले भने, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै…

विस्तृतमा...

चितवन-  भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन् ।  वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताए । उनले भने, “चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य…

विस्तृतमा...

ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ  । सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ । यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने…

विस्तृतमा...

काठमाडौं- शारीरिक स्वास्थ्य जस्तै दाँतको स्वास्थ्य पनि महत्वपूर्ण छ । यसलाई शारीरिक स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । दाँतको अवस्था वा बनावटले हाम्रो व्यक्तित्व समेत झल्किन्छ । राम्रो दाँतले सुन्दर मुस्कान दिने मात्र होइन । त्यसैले जसरी शारीरिक स्वास्थ्यको हेरचाह गरिन्छ त्यसरी नै दाँतको हेरचाह गर्नु पनि आवश्यक छ । अझ बच्चाको दाँतको त झन बढी ख्याल गर्नुपर्छ । बच्चा हुँदा ने दाँत बिग्रियो भने यसले जीवनमा ठूलो असर पार्छ । बालबालिकाले आफ्ने दाँतको हेरचाह आफैँ गर्न सक्दैनन् । बाल दन्त शल्यचिकित्सक डाक्टर अन्सिका भण्डारीका अनुसार बाल बालिकाको दाँत दुधे दाँत कम्तिमा ६ महिनादेखि आउन सुरु भई तिन वर्षसम्म पूरा हुने…

विस्तृतमा...

बाग्लुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । ६ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।  सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको २ करोड ७५ लाख ६४ हजार २५३ रुपैयाँ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए ।

विस्तृतमा...

जेनेभा- संयुक्त राष्ट्रसंघले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ ।  राष्ट्रसंघको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो–अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन् । यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गरे । घेराबन्दीमा परेको गाजा पट्टीमा २५ वर्षमा पहिलो पटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि…

विस्तृतमा...

काठमाडौं- दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरूको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकार मात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दसैँमा टन्न खानैपर्छ ? पोषणविद्हरू भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरो कम भएका स्वास्थ्यकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरूको भनाइ छ । पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन् । उनी भन्छन्, “सकेसम्म बाहिरबाट…

विस्तृतमा...

काठमाडौं- हृदयघात एक आकस्मिक दुर्घटना हो । मुटुको कार्यमा कुनै पनि अवरोध वा रोकावट सिर्जना हुँदा हृदयघात हुने गर्छ । दैनिक खानपान र जीवनशैलीका कारण वर्तमान समयमा मानिसमा हृदयघातको समस्या बढ्दै गइरहेको छ । हृदयघात ४० वर्षमाथिका मानिसमा देखिने भएता पनि अहिलेको समयमा सबै व्यक्तिमा देखिने गरेको छ । अहिले पनि समाजमा कसैको आकस्मिक मृत्यु भएको खण्डमा मृत्युको कारण हृदयघात भन्ने गरेको पाइन्छ । तर, हृदयघात कसरी हुन्छ । यसको लक्षण कस्तो हुन्छ भनेर धेरै मानिसलाई थाहा नहुन सक्छ । समयमै यसको लक्षण थाहा पाएमा यसबाट हुने मृत्युबाट बच्न सकिन्छ । इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. कुनाल विक्रम साहका अनुसार मुटुमा रक्तसञ्चार…

विस्तृतमा...

काठमाडौं– घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् ।  यससँगै दसैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् । तर चिकित्सकहरुले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् । अझ धेरै दिनदेखिको मासु खानु त स्वास्थ्यका हिसावले निकै हानीकारक मानिन्छ । शाकाहारीले पनि दशैंमा विभिन्न तरकारीका परिकारका साथै मिठाइको परिकार खाने गरेका छन् । मिठाइको परिकार धेरै खाँदा यसले पनि फाइदा पुग्दैन त्यसैले दशैंमा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यदी खानपानमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या देखापर्न सक्छ । तपाईमा केही दीर्घ वा अन्य कुनै प्रकारको रोग…

विस्तृतमा...

काठमाडौँ- तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने,  आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो  । विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’…

विस्तृतमा...